दूरबिन नेपाल डटकम (durbinnepal.com) शुरु

दूरबिन नेपाल     २३ पुष २०७४, आईतवार ०५:१५ | ४९६५ पटक पढिएको

दूरबिन नेपाल संवाददाता
ह्यूस्टन, (टेक्सस) अमेरिका
अमेरिकाको बिभिन्न राज्यमा छरिएर रहेका केहि नेपाली पत्रकारहरु संगठित भई दूरबिन नेपाल डट कम अनलाइन पत्रिका सुरु गरेका छन्। दूरबिन नेपाल मिडिया ग्रुप एलएलसीद्वारा सञ्चालित दूरबिन नेपाल डटकम (www.durbinnepal.com) शनिवारदेखि हेर्न सकिने भएको छ । टेक्ससको ह्यूस्टनमा एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला आचार्य र बरिष्ठ पत्रकार एवं नेजाका सल्लाहकार तारा बरालले कम्युटरमा उक्त अनलाईन खोलेर यसको प्रारम्भ गरेका हुन् ।
१४ जना नेपाली पत्रकारको संयुक्त कम्पनी दर्ता गरेर सञ्चालन गरिएको अनलाइन नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ ।
एनआरएन अध्यक्ष पौडेल, नेजाका अध्यक्ष आचार्य र सल्लाहकार बराललगायत एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशी, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद उत्तर अमेरिका क्षेत्रीय उप संयोजक नबिन शेरचन, नेपलीज् एशोसियसन अफ ह्यूस्टनका अध्यक्ष ज्योती घिमिरे, एशोसियन अफ नेप्लिज ईन अमेरिकाका महासचिव बिजयराज भट्टराई, प्रबासि नेपाली मञ्चका पुर्व उपायध्यक्ष जिवन जोशीले दूरबिनलाई सफलताको शुभकामना दिएका थिए । दूरबिनका अध्यक्ष तोया दाहालले अनलाईनबारे जानकारी गराएका थिए ।
तस्वीरहरुः ईश्वरी न्यौपाने- सुजन पण्डित
दूरबिन नेपाल डटकम (www.durbinnepal.com) सञ्चालन समारोहको झलक

दूरबिन नेपाल डटकम (durbinnepal.com) शुभारम्भ गर्दै ।


२३ पुष २०७४, आईतवार ०५:१५ मा प्रकाशित