अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

दूरबिन नेपाल     १९ श्रावण २०७५, शनिबार १३:५८    

वासिङ्टन, १९ साउन / अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् ।
वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको हो ।
जिनजिङ मा नाम गरेकी १२ वर्षीय ती बालिका वासिङ्टननजिकको सो विमानस्थलबाट गएको बिहीबार हराएकी थिइन् । चिनियाँ पर्यटकको समूहमा रहेकी उनी विमानस्थलबाटै हराएकी थिइन् ।
उनलाई आमाबुवासँगै साथमा भेटिएको सो प्रहरी विमानास्थल प्रहरीले जनाएको छ ।
तर समूहबाट हराएको भनिएकी उनी विमानस्थलबाटै के कसरी हराइन् र कसरी आमाबुवासँग पुगिन् भन्ने बारेमा अनुसन्धान गर्न एक प्रहरी अधिकृतको अध्यक्षतामा समिति गठन गरिएको जनाएको छ ।
समूहमा गएकी उनी विमानस्थलको आगमन कक्षबाट बाहिरिएको ‘रेकर्ड’ नभएकोले उनी हराएको भनी प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो । (रासस-एपी)


१९ श्रावण २०७५, शनिबार १३:५८ मा प्रकाशित