दुई भारतीय तीर्थयात्रीको मृत्यु

दूरबिन नेपाल     ३० श्रावण २०७५, बुधबार ११:३५ | १२८ पटक पढिएको

रसुवा, ३० साउन / तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ ।

सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । तिनको शव काठमाडौँ लाने तयारी भइरहेको छ । रासस


३० श्रावण २०७५, बुधबार ११:३५ मा प्रकाशित