पेट्रोलियम पदार्थको मूल्य बढ्यो,पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने

दूरबिन नेपाल     ३ माघ २०७४, बुधबार १६:४९    

काठमाडौँ, ३ माघ (रासस) : नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम भएको छ ।

जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन ९आइओसी०ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको मूल्यमात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ ।

Share and Enjoy !

0Shares
0 0 0

३ माघ २०७४, बुधबार १६:४९ मा प्रकाशित