डाक्टर भट्टराईलाई अमेरिकामा कालो झण्डा

दूरबिन नेपाल     ३१ भाद्र २०७५, आईतवार ००:४३    

अमेरिका १५ सेक्टेम्वर
एनआरएनएको सहयोगमा अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई शनिवार टेक्ससमा कालो झण्डा देखाइएको छ । १७ हजार नेपालीको हत्या गरिएको ‘माओवादी जनयुद्ध ‘ का योजनाकार भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले बाबुराम भट्टराईलाई ‘जनहत्याका योजनाकार’ भन्दै अमेरिकाबाट फर्कन समेत भने । माओवादी जनयुद्धका कारण अमेरिकामा आएर शरण लिने नेपालीको सङ्ख्या करिब ३० हजार रहेको छ । सबै भन्दा बढी माओवादी पीडित क्यालिफोर्निया , न्यु योर्क र टेक्ससमा रहेका छन् । विरोधको बाबजुद पनि डाक्टर भट्टराईको नेपाली समुदायसँगको अन्तरक्रिया भने सम्पन्न भएको छ । नेपाली समुदायको बढ्दो विरोधका कारण पत्नी हिसिला यमी सहित एक महिना लामो अमेरिका भ्रमणमा आएका भट्टराईको अमेरिका बसाइ सहज नहुने देखिएको छ ।

यो पनि पढ्नुहोस डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा 

तस्बिर: ओम भट्टराईको फेसबुकवालबाट

 


३१ भाद्र २०७५, आईतवार ००:४३ मा प्रकाशित