काग्रेसीहरू अब आरजुको फरियाले ढाक लाज

दूरबिन नेपाल     ६ आश्विन २०७५, शनिबार १६:५१    

-बिष्णु हरि घिमिरे
हिजोका दिनमा आफैले धुरन्धर विरोध गरेको ‘एजेण्डा ’मा नेपाली काग्रेस सभापति शेरबहादुर देउवा अहिले आफै फर्कन खोज्दै छन । काग्रेस पार्टीमा सभापति बलियो कि केन्द्रीय कार्यसमिति भन्ने बहस निकै पहिला देखि चलेको हो ।
मुलत : काग्रेसमा सभापतिलाई अत्याधिक अधिकार दिइएको भन्दै त्यसको आलोचना त्यो बेला शेरबहादुर देउवा पक्षले नै गरेको थियो । फलत कांग्रेसलाई सामुहिक नेतृत्वमा लैजान शुरू गरियो ।
अहिले देउवा निकट पूर्णबहादुर खड्का संयोजक रहेको विधान संसोधन समितिले सभापतिको हातखुट्टा बाँधेर पार्टी चलाउन सकिदैन भन्ने तर्क सहित, सभापतिलाई सर्वाधिकार बनाउने गरि मस्यौदा तयार पारेछ ।
त्यो बेला “अध्ययन” का लागि भन्दै तत्कालिन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराइले वेलायत नपठाएको भए, देउवा पन्चायत छिर्थे भन्नेहरू अझै छन । देउवालाइ त्यो आरोप अहिले होइन, २०४८ सालमा गिरिजा प्रसाद कोइरालाको मन्त्रिमण्डलमा शक्तिशाली गृहमन्त्री भएको बेला नै लागेका थियो ।
गृहमन्त्री भएकै बेला जव देउवा “राणा” का ज्वाइ भए त्यसपछि उनी पटक पटक कलंककै भारी बोक्दै हिडेका छन । के गरेनन देउवाले, संसद खरिदविक्री, प्राडो पजेरो काण्ड त थियो थियो, पार्टी भन्दा तत्कालिन राजालाइ बढी विश्वास गरेका उनले नेपाली काग्रेस फुटाउने देखि प्रजातन्र दरवार बुझाउने काम सम्म गरे ।
उमेर सँगै देउवाको सुद्दी पनि ढल्कदै गएको छ । देउवा अब आफ्नो भन्दा पनि श्रीमती आरजुको तजविजमा चल्ने गरेका छन । आरजु देउवा राणाकी छोरी । प्रजातांत्रिक आन्दोलनमा आरजुको एक थोपा पनि लगानी परेको छैन । त्यसकारण उनलाइ नत यसलाइ संस्थागत गर्नु पर्छ भन्ने छ न त काँग्रेस पार्टीको माया नै ।
उनलाइ त आफ्ना बाहुबाजेले झै हैकम जमाउनु छ र पैसा कमाउनु छ । चुनावमा संसद टिकट नै ब्यपारीलाइ बिक्री गरेको आरोप लाग्यो । राणाहरू शिकार गर्न गएको शैलीमा आरजु आफै टिकट बोकेर चुनावमा सुदुरपश्चिम गइन । शेरबहादुरको श्रीमती हुनु बाहेक आरजुले काग्रेसबाट टिकट पाउनु पर्ने अर्को आधार के छ ?
जव शेरबहादुर काँग्रेस सभापति भए, आफ्ना कार्यकर्तालाइ म कांग्रेसी हुँ भन्न समेत लाज हुने बनाई दिए । देउवा आफै कलंकित त थिए नै सिङ्गो पार्टीलाइ नै डुबाए । स्थानीय चुनावमा तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीलाइ भरतपुर महानगरपालिकाको मेयर बनाउन देउवाले पदीय दुरूपयोग हदै सम्म गरे । एउटा प्रजातान्रिक पार्टीमा सभापति देउवाले हुकुमी शैली देखाए ।
चितवन काग्रेस, काग्रेसले मेयरको टिकट दिएका उमेदवार, अन्य कार्यकर्ताले विरोध गर्दा गर्दै केन्द्रबाट ठाढै हस्तक्षेप गर्दै मनोनयन फिर्ला नै लिए । स्थानीय चुनावमा प्रचण्डको छोरीलाइ सहयोग गर्नुको जस्टिफाइ गर्न सकेनन ।
प्रहरी प्रमुखको नियुक्ति देखि प्रधानन्यायधीश सुशिला कार्की माथिको महाअभियोग प्रकरणले काग्रेसीहरू मुख छोपेर हिड्नु पर्ने अवस्था आयो । लगभग सात दशक इतिहास भएको र प्रजातान्तिक दावी गरिएको पार्टी सर्वानाक भएको सायद पहिलो पटक हो ।
सभापतिमा निर्वाचित भएको अब तीन बर्ष छुनै आट्यो तर अहिले सम्म देउवाले पार्टीलाइ पूर्णता दिएका छैनन । पार्टीका प्राय सबै निकाय लथालिंग नै छन । पार्टी निकायलाइ दुरूष्त बनाउन तर्फ देउवा र उनको भजन मण्डली लागेकै देखिदैन । विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, प्रकासशरण महतहरू श्री ३ का अगाडी परे जस्तै भएका छन आरजुका अगाडी । प्रजातान्त्रिक आन्दोलनमा जीवन लगाएका निधी, खड्का, खाँणहरू अहिले आरजुको फरियाको न्यानो खोज्दै छन ।
दुइ तीहाइको उन्मादमा छ कम्युनिष्ट सरकार । जनतामा निरासा चरम छ । काग्रेस एजेण्डा विहिन जस्तो देखिएको छ । अब हिजोका कमिकमजोरीलाइ सच्चाउदै जनताका समस्याको सम्बोधन गर्दै आउने चुनावको तयारीमा लाग्नु पर्ने हो काग्रेसीहरू यसबेला । तर देउवामा मात्र होइन निधि, खड्का, खाँणहरूमा पनि त्यस्तो सम्भावना देखिएन ।
प्रजातान्त्रिक पार्टी हैकम र हजुरिया शैलीमा चलाउन उद्दत देखिए । सभापतिलाइ अझ भनौ एउटा व्यक्तिमा जति धेरै अधिकार हुन्छ त्यहाँ तानशाह हुन्छ । अभ शेरबहादुर कति सम्मका लहडी हुन भन्ने कुरा इतिहासले देखाएको छ । त्यस्तो ब्यक्तिलाइ झनै शक्तिशाली बनाउनु भनेको त्यो सस्था सकाउनु भन्नु नै हो ।
देउवाले अहिले सम्म गरेका निर्णयहरू कुनै सोच विचार विना भएको देखिन्छ । उनले अहिले सम्म जति पनि निर्णय गरेका छन त्यसले पार्टी र देशलाइ घाटा नै भएको छ । त्यस्तो ब्यक्तिलाइ अझ शक्तिशाली बनाउनु भनेको मुर्खको हातमा हतियार दिनु वरावर हो ।
अधिकार मुठ्ठीभरमा लिएर पार्टीमा हैकम जमाउने लाइनमा देखिए शेरबहादुर । शेरबहादुर के भनौ आरजु देउवामा त्यो मोह देखियो । काग्रेसीहरू तिम्रो हैकममा बस्लान तर जनतालाइ अब श्री ३ हरूको पालामा जस्तो गर्न सकिदैन । गएको चुनावमा काग्रेस इतिहासकै लाजमर्दो अबस्थामा पुगेकै हो । तर अब पनि चेत नखाने हो भने काग्रेसी लाज केले ढाक्ने ? त्यो समय देउवाको फरिया बाहेक केही बाँकी रहने छैन ।


६ आश्विन २०७५, शनिबार १६:५१ मा प्रकाशित