एल साल्भाडोर र हैटिको टि.पी.एस. थपियो, नेपालको के होला ?

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार ०४:२२ | ४८६६ पटक पढिएको

वाशिंगटन डी.सी., १८ जनवरी / अमेरिकाले एल साल्भाडोर र हैटीको टेम्पोरेरी प्रोटेक्टेट स्टाटस(टि.पी.एस) कार्यक्रम अठार महिनाको लागि थप गरेको छ । मार्च ९, २०१८ मा सकिन लागेको एल साल्भाडोरको टि.पी.एस. कार्यक्रम सेप्टेम्बर ९, २०१९ र हैटीको सुविधा जुलाई २२, २०१९ सम्मको लागि थप गरेको फेडेरल रजिस्टरमा बिहीबार प्रकाशित सूचनामा जनाइएको छ । एल साल्भाडोर र हैटीको अवस्थामा सुधार आएको हुँदा पुन: थप नगर्ने गरि हाल केहि समयावधि बढाइएको हो । थप अबधिमा अर्को स्टाटसमा परिवर्तन गर्न वा स्वदेश फर्कनको लागि अवसर प्रदान गरिएको हो ।
फ्लोरिडा राज्यका रिपब्लिकन सांसद कर्बेलो कार्लोसले अक्टोबर ३१, २०१७ मा एच आर ४१८४ (ESPERER) बिल प्रस्तुत गरेका थिए । यस एक्टले हैटी, निकारागुवा, एलसाल्भाडोर वा होन्डुरसबाट अमेरिकामा टि.पी.एस. सेवा लिएर बसेकालाई तोकिएका प्रावधान पुरा गरी ग्रिन कार्ड लिन सक्ने व्यवस्था गरेको छ । यस बिललाई ८ डेमोक्रेटिक र ४ रिपब्लिकन संसद्ले समर्थन गरेकाछन् ।
सन् जुन २४, २०१८ मा नेपालीलाई प्रदान गरेको टि.पी.एस. सकिन लागेको छ । नेपाली संघसंस्थाहरु विभिन्न स्थानमा कार्यक्रम गर्दै टि.पी.एस. थप्न पहल गर्दैछन् । सबैले आ-आफ्नो स्थानबाट पहल गरेता पनि यस सुविधामा थप हुने हो वा पुन: थप्न नमिल्ने गरी अठार महिनाको म्याद दिई थप हुने अन्योल रहेको छ ।
करिब चौध हजार नेपाली यस सुविधाबाट लाभान्वित भएका छन् । वर्षौं नेपाल जान नपाएकाहरुले समेत यस सुविधाको प्रयोग गरी आवतजावत गर्ने अवसर प्राप्त गरेका थिए ।


५ माघ २०७४, शुक्रबार ०४:२२ मा प्रकाशित