अमेरिकामा पेंन्डीङ केस भएका विद्यार्थीहरूले भोलिबाट काम गर्न नपाउने परिवर्तित नियमले नेपाली विद्यार्थीहरूलाई समेत गारो पर्नसक्ने

दूरबिन नेपाल     १५ आश्विन २०७५, सोमबार ०४:०४    

अमेरिका, ३० सेप्टेम्बर / एच-वान बी माग गर्दै निवेदन दिएर अक्टोबर १, २०१८ सम्म पेंन्डीङ केस भएका विद्यार्थीहरूले भोलिबाट काम गर्न पाउने छैनन् । यदि भोलिबाटकाम गरेमा गैरकानुनीरुपमा बसोबास गरेको मानिने युएससीएसआइले जनाएको छ ।
पढेर एफ-वान स्टाटस सकिए पछि एच-वान बी स्टाटस पाउने समयावधिलाई क्याप-ग्याप भनि प्रदान गरिएको थियो । एच-वान बी मा परिवर्तन गर्नको लागि धेरै निवेदन आएको कारण सबै निवेदनहरूलाई अक्टोबर १, २०१८ सम्म टुङ्गोमा पुर्‍याउन युएससीएसआइले नसक्ने जानकारी गराएको छ ।
हजारौँ नेपाली विद्यार्थीहरू अमेरिकामा उच्च शिक्षा हासिल गरे पश्चात् कामको खोजीमा रहने हुँदा परिवर्तित नियमले नेपाली विद्यार्थीहरूलाई समेत गारो पर्नसक्ने अध्यागमन कानुनविद् गोपाल शाह बताउँछन् ।
आफ्नो अमेरिका बसाइको हैसियत परिवर्तन गर्न निवेदन दिएर सेप्टेम्बर ३० भन्दा पछाडिसम्म काम गर्न अनुमति प्राप्त व्यक्तिले मात्र काम गर्न अनुमति प्राप्त दिनसम्म काम गर्न सक्ने जनाएको छ । बसाइको हैसियत परिवर्तन गर्न निवेदन दिई बसेको एफ-वान विद्यार्थीले अनुमति बेगर काम गर्न सक्नेछैनन् ।
युएससीएसआइले प्रकाशन गरेको सूचना पढ्न यहाँ क्लिक गर्नुहोस् ।


१५ आश्विन २०७५, सोमबार ०४:०४ मा प्रकाशित