नेपाल र कतारका फुटबल पदाधिकारी बीच सम्झाैता नेपालकाे फुटबल विकासमा सहकार्य गर्ने 

दूरबिन नेपाल     ७ कार्तिक २०७५, बुधबार ११:२५    

नेपाल र कतारका फुटबल पदाधिकारी बीच सम्झाैता

काठमाडौँ, ७ कात्तिक । नेपाल र कतारका  पदाधिकारीले फुटबल  बिकास सम्वन्धी पाँच बर्षे सम्झाैता पत्रमा बुधवार हस्ताक्षर गरेका छन् । दाेहा स्थित कतार फुटबल संघकाे मुख्यालयमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा र  कतार फुटबल संघका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झाैतामा हस्ताक्षर गरे ।

सम्झाैताले दुई देशकाे खेल विकास गर्न र नयाँ स्तरमा द्विपक्षीय सम्बन्ध राख्रन मद्दत गर्ने विश्वास लिइएकाे छ ।  सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ ।

PlutonicTech


कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । कतारले लामाे समय देखि नेपाली फुटबललाइ सहयाेग गर्दै अाएकाे छ ।  यसअघि एन्फाले जापान फुटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।

राससकाे सहयाेगमा 

तस्वीरहरू साैजन्य एन्फा 

Bhatta Law & Associate


७ कार्तिक २०७५, बुधबार ११:२५ मा प्रकाशित