गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार

दूरबिन नेपाल     ३० कार्तिक २०७५, शुक्रबार ०७:४९    

काठमाडौँ, ३० कात्तिक / यस वर्षको ‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रविधि र अनुसन्धानको क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई दिइने भएको छ ।

रोटरी क्लब काठमाडौँले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पुरस्कारका लागि विज्ञान प्रविधि र अनुसन्धानका क्षेत्रमा काम गरी समाजलालाई योगदान पु¥याउने जो कोहीले पनि आवेदन दिन पाउने र आवेदन फाराम पनि सोहीदिनदेखि खुलेको जानकारी गराएइको छ । फाराम आगामी मङ्सिर २८ गतेसम्मका लागि खुल्ला गरिएको छ। नेपालमा सन् १९५९ देखि काम शुरु गरेको उक्त संस्थाले सन् २०१० देखि अहिलेसम्ममा रु दश लाख राशिको पुरस्कार चार जनालाई दिइसकेको छ ।

यस पटकको पुरस्कार लिन इच्छुक आवेदनकर्ताले आवेदन फाराम रोटरी डिष्ट्रिक कार्यालय थापाथली र नेपाल भरका रोटरी क्लबमार्फत भर्न सक्नेछन् । चयतबचथ२लतअ।लभत।लउ मार्फत पनि आवेदन फाराम प्राप्त गर्न सकिनेछ । उक्त पुरस्कार आगामी पुस महिनाको तेस्रो साता घोषणा गरिने गोपाल राजभण्डारीका छोरा राजीवले जानकारी दिनुभयो ।रासस


३० कार्तिक २०७५, शुक्रबार ०७:४९ मा प्रकाशित