हुुसेनका परिवारलाई रु दश लाख दिने

दूरबिन नेपाल     ६ मंसिर २०७५, बिहीबार १५:५८    

काठमाडौँ, ६ मङ्सिर / सुनसरी दुहबीमा मारिएका फिदा हुसेनका परिवारलाई सरकारले राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट हुसेनको बुधबार बिहान हत्या भएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मृतक हुसेनका छोरालाई सरकारकोतर्फबाट रोजगारी उपलब्ध गराउने बताउनुभयो ।

घटनाको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पुगी अध्ययन शुरु गरिसकेको जानकारी दिँदै उहाँले दोषी पत्ता लगाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको छ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले मृतक हुसेनका परिवारले उठाएका मागलाई सरकारले सम्बोधन गरेको जानकारी पनि दिनुभयो । रासस


६ मंसिर २०७५, बिहीबार १५:५८ मा प्रकाशित