डढेलधुरामा बस दुर्घटना: १६ को मृत्यु, दर्जनौं घाइते

दूरबिन नेपाल     ६ मंसिर २०७५, बिहीबार १६:११    

मंसिर ६, डडेल्धुरा/ डढेल्धुराबाट डोटी तिर गइरहेको एक स्कुलबस बिहीवार डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा सडकबाट खसेर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। डोटीको पिसजोन स्कुलको बस लिएर डढेल्धुराको अमरगढी नगरपालिकास्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरु डोटी फर्किने क्रममा दु्र्घटनामा परेको डढेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले जानकारी दिएका छन्। 


६ मंसिर २०७५, बिहीबार १६:११ मा प्रकाशित