गोर्खा–अमेरिका सम्पर्क समितिमा विश्व भट्ट

दूरबिन नेपाल     ७ मंसिर २०७५, शुक्रबार ०४:०५    

गोर्खा–अमेरिका सम्पर्क समितिमा विश्व भट्ट
सानफ्रानसिस्को २२ नोभेम्बर
सानफ्रानसिस्को क्षेत्र वरपर रहेका गोर्खालीहरुकको बुधवार साँझ भएको भेलाले नेपाली काँग्रेस गोर्खा अमेरिका सम्पर्क समिति गठन गरेको छ । भेलाले विश्व भट्टलाई समितिको संयोजक तोकेको छ ।

भट्टले संस्थालाई विधिवत ढङ्गले अगाडि बढाउन दर्ता प्रक्रिया र कार्यसमिति चयन छिटै गर्ने बताए । भट्टका अनुसार अमेरिकामा छरिएर रहेका करिब ३ सय गोर्खाली सम्पर्कमा आइसकेका छन् । संस्थाले गोर्खा जिल्लामा शैक्षिक र सामाजिक काममा सहयोग गर्ने पहिलो लक्ष राखेको छ ।
कार्यक्रममा दुर्गा दाहाल, चन्द्र धिताल,पूर्ण शेर्पा,उत्तम कार्की, सुरेशराज भट्ट, मणि नेपाली पनेरु, पूर्ण बानियाँ, हरि भट्ट,लक्ष्मी कार्की, लक्ष्मी खरेल लगायतको उपस्थिति रहेको थियो ।


७ मंसिर २०७५, शुक्रबार ०४:०५ मा प्रकाशित