इराकमा बाढीका कारण २१ जनाको मृत्यु

दूरबिन नेपाल     ९ मंसिर २०७५, आईतवार १५:२७    

बग्दाद, इराक, ९ मङ्सिर / इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।
बर्षापछि आएको बाढीका कारण दर्जनौँ वस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको छ , स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले भन्नुभयो ।
देशको कैयौँ भागमा खेतीजन्य जमिनमा डुबान हुँदा ठूलो मूल्य बराबरको बालीनाली, फलफुल तथा तरकारीसमेत नष्ट भएको उहाँले बताउनुभयो । बाढीको कारण भएको क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको सङ्ख्यामा थप वृद्धि हुनसक्ने उहाँले बताउनुभयो ।
बर्षापछि आएको बाढीमा मृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको बाढीपीडितका आफन्तजनले बताएका छन् ।(रासस÷एएफपी)


९ मंसिर २०७५, आईतवार १५:२७ मा प्रकाशित