बसको ठक्करबाट युवकको मृत्यु

दूरबिन नेपाल     १० मंसिर २०७५, सोमबार ०७:२९    

कञ्चनपुर, १० मङ्सिर / पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ ।

से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । चौधरीको महाकाली अञ्चल अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसको पहिचान गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

चौधरी महेन्द्रनगर बजारबाट घरतर्फ मोटरसाइकलमा आउँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको बसले ठक्कर दिएको हो । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस


१० मंसिर २०७५, सोमबार ०७:२९ मा प्रकाशित