फर्निचर उद्योगमा आगलागी

दूरबिन नेपाल     १० मंसिर २०७५, सोमबार १४:५२    

काठमाडौँ, १० मङ्सिर / युएन पार्क नजीकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ ।
आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ । रासस


१० मंसिर २०७५, सोमबार १४:५२ मा प्रकाशित