स्वास्थ्य राज्यमन्त्री डा यादवद्वारा आकस्मिक निरीक्षण

दूरबिन नेपाल     १२ मंसिर २०७५, बुधबार १५:०८    

काठमाडौँ, १२ मङ्सिर / स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले मन्त्रालय मातहतका निकायबाट भइरहेका सेवा प्रवाहका बारेमा आकस्मिक अनुगमन तथा निरीक्षण कार्य अगाडि बढाउनुभएको छ ।

यसक्रमा आज उहाँले स्वास्थ्य सेवा विभाग टेकुअन्तर्गतका विभिन्न महाशाखाको आकस्मिक निरीक्षण गर्नुभएको थियो ।

“निरीक्षणका क्रममा यहाँ कर्मचारीको उपस्थिति अत्यन्त न्यून देखियो, काजमा खटिएका कर्मचारीले आफ्नो विवरण हाजिरी पुस्तिकामा नजनाइको, कतिपयले हाजिरसम्म नगरेको पाइयो”, निरीक्षणपछि उहाँले भन्नुभयो ।

राज्यमन्त्री डा यादवले स्वास्थ्य सेवामा आवश्यक जनशक्ति, उपकरण तथा औषधि अभाव हुन नदिने मन्त्रालयको प्राथमिकता भएको स्पष्ट पार्दैे नयाँ ढङ्गबाट कार्यसम्पादन तथा सेवा प्रवाह जरुरी रहेकामा जोड दिनुभयो । रासस


१२ मंसिर २०७५, बुधबार १५:०८ मा प्रकाशित