सिरियामा भएको आक्रमणका ७० जना हताहत

दूरबिन नेपाल     २९ माघ २०७५, मंगलवार १२:००    

दमासकस ।  सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् ।

अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ । पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापित व्यक्तिहरुलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ । घटनास्थल इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ ।

अमेरिका नेतृत्वको सिरियाली डेमोक्र्याटीक फोर्स (एसडीएफ) ले गत शनिबारदेखि आइएस लडाकू विरुद्धको अन्तिम कारबाही भन्दै आक्रमण सुरु गरेको थियो ।  घटना भएको क्षेत्रमा झण्डै २० हजार जना विस्थापितहरु आएर बसेका बताइएको छ ।
(रासस÷सिन्ह्वा)


२९ माघ २०७५, मंगलवार १२:०० मा प्रकाशित