‘भेनेजुएला’ पछि नेकपामा ‘जनयुद्ध दिवस’ काे सकस,  कार्यक्रमकाे पार्टी भित्रै आलाेचना 

दूरबिन नेपाल     १ फाल्गुन २०७५, बुधबार १६:२८    

काठमाडाै‌ । भेनेजुएला काण्डले चिसिएकाे सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुकाे  सम्वन्धलाई ‘जनयुद्ध’ दिवसले झनै बल्झाइदिएकाे छ ।

 

नेकपाकाे मुख्यालयमा बुधवार जनयुद्ध दिवस मनाईयाे । तर साेही कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहभागि भएनन । अर्का नेता माधब कुमार नेपालले खुलेरै साे कार्यक्रमकाे विराेध गरे ।

 

माओवादीले  सशस्त्र द्वन्द्व शुरू गरेकाे दिन  फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मान्दै आएकाे हाे । तर तत्कालिन माओवादी र एमाले एकिकरण पछि फागुन १ लाई जनयुद्ध दिवस मान्ने कि नमान्ने भन्नेमा नेकपाका नेतामा विवाद देखियाे । जसरी भेनेएजुएला प्रकरणमा अध्यक्ष प्रचण्डकाे विज्ञप्ती विवादमा परेकाे थियाे ।

जनकपुर पुगेका नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी मुख्यालयमा जनयुद्ध दिवस मनाइएकाे बारेमा आपत्ति जनाए । उनले  पार्टीले यस्तो कार्यक्रम गर्दा कमिटि नभइ व्यक्तिगत रुपमा भएकाे र कार्यक्रमकाे बारेमा आफुलाई जानकारी नै नभएकाे दावी गरे । उनले व्यक्तिले  म सर्वेसर्वा हो भन्रे  ठानिएकाे भन्दै असहमति जनाए ।

त्यसाे त काठमाडाैमा रहेर पनि प्रधानमन्त्री ओली पार्टी मुख्यालय गएनन । दाहालले प्रधानमन्त्री व्यस्त भएर नआएकाे प्रस्टिकरण दिए ।


१ फाल्गुन २०७५, बुधबार १६:२८ मा प्रकाशित