हरहर महादेव, देशभरका शक्तिपिठमा शिवरात्री, २० फाेटाेमा हेर्नुहाेस

दूरबिन नेपाल     २० फाल्गुन २०७५, सोमबार १३:३२    

 

कञ्चनपुरको भीमदत्तनगरस्थित शिव मन्दीर परिसरमा शिवरात्रीको दिन सोमबार शिवको भेषमा देखिएका साधु । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर, रासस

 

शिवलिङ्गमा पूजा गर्दै भक्तजन : झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार महाशिवरात्रीको अवसरमा नागेश्वर शिवलिङ्गमा पूजा गर्दै श्रद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा,(बनियानी)झापा, रासस

 

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा साधु, सन्तको स्वास्थ्य परीक्षण गर्दै नेपाली सेना । तस्वीर : रोशन सापकोटा,रासस

 

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा साधु, सन्तको स्वास्थ्य परीक्षण गर्दै नेपाली सेना । तस्वीर : रोशन सापकोटा,रासस

 

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रोशन सापकोटा,रासस

 

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा बाबासँग भक्तजन । तस्वीर  : रोशन सापकोटा,रासस

 

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रोशन सापकोटा,रासस

 

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन घुइँचो । तस्वीर : रोशन सापकोटा,रासस

 

 

महाशिवरात्री पर्वको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित मुक्तिनाथ च्यवनधाम परिसरमा लागेको दर्शनार्थीको भीड । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस

 

गलेश्वरमा भक्तजन : महाशिवरात्री पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा दर्जन र पुजा गर्नको लागि पुगेका भक्तजनहरु । तस्वीरः कमल खत्री, बेनी (म्याग्दी) रासस

 

दर्शनार्थीको भीड :  महाशिवरात्रि पर्वको अवसरमा बागलुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौरिधाम शिवमन्दिरमा भक्तजनहरुको भीड । तस्वीर : खेमराज गौतम, गलकोट (बागलुङ) गण्डकी प्रदेश ,रासस

 

धार्मिक आस्थाको केन्द्रविन्दुका रुपमा चिनिने धनगढीको उत्तरबेहडीस्थित शिवपुरी धाममा सोमबार शिवरात्रीका अवसरमा पूजा गर्नका लागि लामबद्ध भईपालो कुर्दै भक्तजनहरु । तस्वीर : तिलकराजओझा, कैलाली, रासस

 

कञ्चनपुरको झलारी बजार स्थीत शिवालयमा रहेको भगवान शिवको मुर्तिमा शिवरात्रीका अवसरमा पूजा गर्दै महिला । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

 

शिवरात्री मेला : दाङको पाण्डवेश्वर शिव मन्दिर धारापानीमा १०० वर्षअगाडि लाग्दै आएको मेला सोमबार पनि लागेको छ । धारापानीमा यस वर्षदेखि नेपाल सरकारको तर्फबाट नेपाली सेनाले सलामी अर्पणको कार्यक्रमसमेत गरेको छ । तस्विर : रीता लामा, घोराही (दाङ) रासस

 

महाशिवरात्रीको अवसरमा निकालिएको कलस यात्रा : महाशिवरात्रीको अवसरमा दाङ तुलसीपुर उपमहानगरपालिका १० गौरीगाउँमा निर्माण गरिएको शिवमन्दिरको उदघाटनको पूर्वसन्ध्यामा निकालिएको कलश यात्रा । तस्वीर : दीपक बोहरा,लमही(दाङ),रासस

 

शितलपुर मन्दिरमा दर्शनार्थीको भीड : दाङ, तुल्सीपुर उपमहानगरपालिका १२ मा रहेको शीतलपुरमा रहेको शिवमन्दिरमा दर्शनार्थीको भीड । तस्वीर : दीपक बोहरा, लमही (दाङ), रासस

 

शितलपुर मन्दिरमा दर्शनार्थीको भीड : दाङ, तुल्सीपुर उपमहानगरपालिका १२ मा रहेको शीतलपुरमा रहेको शिवमन्दिरमा दर्शनार्थीको भीड । तस्वीर : दीपक बोहरा, लमही (दाङ), प्रदेश नं.५, रासस

 

सदरमुकाम खलंगामा महाकाली नगरपालिकाले आयोजना गरेको महाशिवरात्रीको अवसरमा आयोजना गरेको शिवरात्रि महोत्सवमा विभिन्न जिल्लाका सहभागीहरु । तस्वीर : नरेन्द्रसिंह कार्की, सुदूरपश्चिम प्रदेश, दार्चुला, रासस

 

दार्चुलाको लेकम क्षेत्रमा प्रख्यात छलिया नाँच । तस्वीर : नरेन्द्रसिह कार्की, सुदूरपश्चिम प्रदेश, दार्चुला, रासस

 

शिवको पूजा गर्न लाईनमा बसेका दर्शनार्थीहरु : दाङ, तुल्सीपुर उपमहानगरपालिका १२ मा रहेको शितलपुरमा रहेको शिवमन्दिरमा पूजाका लागि लाईनमा बसेका दर्शनार्थीहरु । तस्वीर : दीपक बोहरा, लमही (दाङ), प्रदेश नं.५, रासस

२० फाल्गुन २०७५, सोमबार १३:३२ मा प्रकाशित