महिला साफ च्याम्पियनसिपकाे ट्रफि याे पटक नेपालले उचाल्ने अवसर  छ : मुख्यप्रशिक्षक हरि खड्का 

दूरबिन नेपाल     २७ फाल्गुन २०७५, सोमबार १४:१६    

विराटनगर । महिला राष्ट्रिय फुटबल  टिमका मुख्य प्रशिक्षक हरि खड्काले साफ च्याम्पियनसिपकाे उपाधि उचाल्न यस पटक राम्राे अवसर रहेकाे टिप्पणी गरेका छन् । खेल शुरु हुनु एक दिन अगाडि विराटनगरमा साेमवार पत्रकार सम्म्लेलनमा हरिले भने ‘खेलाडीले राम्राे मेहनत गरेका छन् र ट्रफि उचाल्ने अवसर छ ।’

 

पाँचाैँ महिला साफ च्याम्पियनशिप  बुधवार देखि शुरु हुदै छ । नेपालले उद्घाटन खेलमा भूटान सँग खेल्ने छ । पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले टिम मानसिक,फिजिकल्लीरुपमा तयार रहेकाे र मनाेवल पनि उच्च रहेकाे बताए । ‘हाम्राे टिममा राम्रा खेलाडीकै बाहुल्यता छ, तर म सबै टिमकाे सम्मान गर्छु हुनै पनि टिमलाई कमजाेर लिएकाे छैन ।’ उनले अहिले आफु समुह चरणकै खेलमा केन्द्रित हुने बताए ।

बङ्गलादेशका प्रशिक्षक गोलम रावानीले नेपाली टोली शक्तिशाली रहेको बताउँदै आफ्नो देश फाइनलमा पुग्ने विश्वास व्यक्त  गरे । भारतीय टोलीका प्रशिक्षक मामुल रवि र कप्तान फुसलता देवीले प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने भन्दै फाइनलमा अन्य कुन देशको टोलीसँग प्रतिस्पर्धा हुने हो त्यो अहिले भन्न नसकिने बताए ।

यसैगरी माल्दिभ्सका प्रशिक्षक मोहम्मद अकिव र कप्तान फदुवा जहिदले आफ्नो देश सेमिफाइनसम्म निश्चित रुपमा पुग्ने धारणा व्यक्त गर्नुभयो । श्रीलङ्का महिला टोली प्रशिक्षक तिलक रोहन र कप्तान इरानवी कुमुदुलावाले युवा खेलाडी सहभागी आप्mनो देशको टोली सेमिफाइनल पुग्ने ग्यारेण्टी व्यक्त गर्नुभयो ।

यसैगरी भूटानका प्रशिक्षक र कप्तानले भविष्यलाई ध्यानमा प्रतिस्पर्धा गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा नेपाली खेलाडी  शक्तिशाली रहेको विचार व्यक्त गरे ।

सो अवसरमा एन्फाका प्रवक्ता किरण राई र आयुश खड्काले प्रतियोगिता विराटनगरमा गर्न पाउँदा खुशी व्यक्त गर्दै नेपाली खेलाडीको तयारी उच्चस्तरको रहेकाले प्रथम स्थान हासिल गर्ने धारणा व्यक्त गरे ।  यही फागुन २८ गतेदेशि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच अपराह्न हुने भएको छ । प्रतियोगितामा नेपाललगायत भारत, बङ्गलादेश, भूटान, श्रीलङ्का र माल्दिभ्सको राष्ट्रियस्तरको महिला फुटबल टोलीको सहभागिता रहेको छ ।

तस्वीर :  गाेल नेपाल डट कम


२७ फाल्गुन २०७५, सोमबार १४:१६ मा प्रकाशित