महिला साफ च्याम्पिनसिप : उद्घाटन खेलमा  नेपालले भुटानलाई ३-० ले हरायाे

दूरबिन नेपाल     २८ फाल्गुन २०७५, मंगलवार ११:३६    

विराटनगर :  साफ  महिला फुटबल च्याम्पियनसिपकाे उद्घाटन खेलमा नेपालले भुटानलाई तीन शुन्यले हराएकाे छ । विराटनगरमा भएकाे खेलमा नेपालकाे जितमा मन्जली योन्जन, सावित्रा भण्डारी र कप्तान निरु थापाले गोल गरे । नेपालमा आयाेजित अन्तरार्ष्ट्रिय स्तरकाे प्रतियाेगिता काठमाडाै उपत्यका बाहिर भएकाे याे पहिलाे पटक हाे ।

 

भुटान बिरुद्द नेपालले शुरुवाती २० मिनेटमा नै दुई गाेल गरेकाे थियाे । तेस्राे गाेल भने नेपालले मध्यान्तर पछि गर्याे ।  १३औँ मिनेटमा मन्जली योन्जनले खाता खाेलिन । टिमका मुख्य प्रशिक्षक हरि खड्कालाई जन्मदिनकाे उपहार दिन आतुर महिला टिमका लागि १६ औ मिनेटमा  सावित्रा भण्डारीले अन्तर दोब्बर पारिन्।

 

पहिलाे हाफकाे तुलनामा सुस्त रहेकाे दाेस्राे हाफकाे खेलमा नेपालले थप एक गाेल सम्भव बनायाे ।  ५४औँ मिनेटमा कप्तान  निरु थापाले गाेल गरिन ।

 

च्याम्पियनसिपमा नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल शनिवार बंगलादेशसँग खेल्नेछ। बुधवार समूह बी मा रहेका भारत र माल्दिभ्सबीच खेल हुनेछ।

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्का । उनले साेमवार मात्र ४१ औ जन्मदिन मनाए । 

 

भुटान विरुद्दकाे नतिजामा कप्तान खड्का खुसी देखिएनन । खेल पछिकाे पत्रकार सम्मेलनमा खड्काले आफुले ६ -० अन्तरकाे जीतका अपेक्षा गरेकाे बताए । उनले अब ब‌गलादेशकाे खेल हेरे पछि रणनीति बनाउने बताए ।

 

भुटानका प्रशिक्षक काेरियाली नागरिक सुङ जुयालीले खेलकाे  नतिजा भन्दा पनि व्यवस्थापनमा गुनासाे गरे । उनले हाेटल देखि अन्य क्षेत्रमा आयाेजक अखिल नेपाल फुटबल सघ एन्फाकाे आलाेचना गरे । नेपालले पहिलाे पटक अन्तरार्ष्ट्रिय प्रतियाेगिता काठमाडाै बाहिर आयाेजना गर्दै छ । भुटान प्रशिक्षक सुङले नेपाली महिला खेलाडी सबै पक्षमा बलियाे रहेकाे तर आफुहरुकाे तयारीमा अवराेध हुदाँ यस्ताे नतिजा आएकाे बताए ।

 

भुटानका प्रशिक्षक सुङ जुयाली

 

 नेपाली महिला राष्ट्रिय टिम

 

भुटानकाे महिला राष्ट्रिय फुटबल टिम

 

फाेटाे : एन्फा


२८ फाल्गुन २०७५, मंगलवार ११:३६ मा प्रकाशित