विप्लव नेकपाकाे रणनीतिक योजना पछिल्लो पटक सफल

उजीर मगर     २८ फाल्गुन २०७५, मंगलवार २२:३९    

उजीर मगर

 

विप्लव नेकपाकाे रणनीतिक योजना पछिल्लो पटक सफल भएकाे छ । विप्लवकाे चतुर्याईले “मूलधार राजनीति” मा आफ्नाे एजेन्डा ल्याई पुर्‍याएकाे छ । पार्टीभित्र चर्किदैं गएकाे दुई  लाइन संघर्षलाई व्यवस्थित गर्न सरकारकाे “प्रतिबन्ध लगाउने” निर्णय विप्लवलाई सबै भन्दा फाइदा साबित हुने सिद्ध भइसकेको छ ।

 

पूर्व माओवादी समूहबाटै सरकारकाे निर्णयप्रति बढी असहमति प्रकट भएका छन् । यी असहमति अब, शहरिया “बुद्धिजीवी”हरूका मनमा पसे । जानि नजानि प्रतिपक्षहरू पनि त्यतै लहसिन्छन । आज बिहानदेखि बैधानिक रूपमा विप्लव माओवादीकाे एजेन्डा संचारमाध्यमा वहसकाे विषय बन्नेछ । 

 

वहसले सरकारकाे निर्णयप्रति नकारात्मकता र विप्लव माअाेवादीप्रति सकारात्मक सन्देश लैजानेतिर बढि केन्द्रित हुनेछ । सरकारले निर्णय किन गर्याे ? त्याे उसकाे बाध्यता हाे । राज्यको उपस्थिति देखाउनु थियाे । सृंखलाबद्ध बम  विष्फोटबाट सर्वसाधारण, जनधनकाे क्षति भएको छ। यसलाई राेक्न नसकेकाे भनि सरकारकाे आलोचना पनि उत्तिकै छ । यसबीचमा विप्लव माओवादीभित्र यतिबेला मतभेद देखिए पनि बैचारिक पक्षमा त्यति छैन । बरू, जताततै चन्दा आतंकले पार्टी बदनाम हुँदै जाने विषय नै मतभेदकाे मुख्य विषय केन्द्रित हुँदै गयाे । 

 

केही नेताहरूबीचकाे मतभेद पैसा कसले बढी जम्मा पार्ने भन्ने मै छ । एनसीएलबाट पैसा लिने विषयमा मध्य कमान्डका ईन्चार्ज हेमन्त प्रकाश ओली “सुदर्शन” र प्रकाण्डबीच लामै तकराव चल्यो। वैदेशिक राेजगार संघलाई चार महिनाअघि  दिएकाे पत्र फिर्ता लिएपछि अध्यक्ष राेहन गुरुङ अाफूलाई असुरक्षित महसु गरी अाफ्नाे नीजि गाडी चढ्न समेत छाेडेका थिए । 

 

यि सबै प्रकरणले पार्टी नबँच्ने देखिएपछि विप्लवकाे प्रत्यक्ष कमाण्डमा बम विष्फोट गराइएकाे छ । सुदर्शनलाई कमान्ड दिइराखिएकाे छ । तर, अप्ठ्यारो परिस्थिति सृजना गरिदिएपछि उपत्यकाबाट बाहिरिनु परेकाे छ । जसले चन्दा आतंककाे बदनामीबाट पार्टी पनि जाेगिने, सरकार विरूद्ध कार्यकर्तालाई र नेतृत्व केन्द्रिकृत गराउने रणनीतिमा विप्लव सफल देखिएका छन् ।

 

यता सरकार विप्लव माओवादीभित्र देखिएकाे आन्तरिक किचलोलाई चर्काएर कमजोर बनाउने रणनीतिमा देखिन्छ । प्रतिबन्ध लगाएपछिकाे अप्ठ्यारो परिस्थितिबाट विप्लव माअाेवादी शक्तिशाली बन्ने वा सकिने विषय  विप्लवका भावि गतिविधि र सरकारकाे रबैयामा निर्भर देखिन्छ ।

 

उजीर मगर नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन । उनी माओवादी रिपोर्टिङमा दख्खल राख्छन । 


२८ फाल्गुन २०७५, मंगलवार २२:३९ मा प्रकाशित