सरकार गम्भिर भन्दा पनि प्रचारात्मक बन्याे,  विप्लव समुहलाई प्रतिवन्ध लगाउनु अनुचित निर्णय : नेकपा नेता माधव नेपाल 

दूरबिन नेपाल     २९ फाल्गुन २०७५, बुधबार १२:४६    

 

काठमाडाै । सत्तारुढ दल नेकपाका नेता माधव कुमार नेपालले सरकारकाे विप्लव समुहलाई प्रतिवन्ध लगाउने निर्णयलाई  अपरिपक्क र अनुचित  निर्णय भन्दै टिप्पणी गरेका छन् ।

 

प्रतिनिधिसभा बाहिर पत्रकारहरु सँग प्रतिक्रिया दिदै नेता नेपालले पार्टी भित्र कुनै छलफल नै नगरि यस्ताे निर्णय लिइएकाे भन्दै अषन्तुष्टि समेत पाेखे । ‘पार्टी भित्र यस्ता गम्भिर विषयमा छलफल हुनु पर्दथ्थाे तर भएकाे छैन, यस्ताे चलन ठिक हाेइन, राष्ट्रिय महत्वकाे विषयमा यस्ताे कदम उठाउनु भन्दा पहिले बैठक बाेलाउनु पर्छ, छलफल हुनु पर्छ,यस्ताे कार्यशैली उचित हाेइन ।’

नेता नेपालले सरकार कुनै पनि विषयमा गम्भिर भन्दा पनि प्रचारात्मक बनेकाे आराेप लगाए । ‘सवाल के हाे भन्दा,प्रचारात्मक तर्फ जाने प्रविधि देखियाे, कुनै पनि चीजकाे राम्राे, गम्भिर तयारी गरेर प्रयाप्त छलफल गरेर, सराेकारवाला ठाँउमा छलफल चलाएर अनि कदम चलाउने पर्ने हाे तर यहाँ त अपरिपक्क ढ‌ङ्गबाट निर्णय गर्ने चलन देखियाे ।’

 

साेधेपछि सल्लाह गरेपछि अरुले पनि डिफेन्स गर्छन, माैरि जस्ताे लाग्छन, साेधेर गरेकाे हाेइन भने पछि किन जिम्मा लिने । 

 

देशमा शान्ति सुरक्षा हुनु पर्छ, देशलाई चुनाैती दिने गतिविधि हुनु हुदैन, देशलाई विखण्डन गर्ने कुनै पनि क्रियाकलापले छुट पाउन नहुने भन्दै नेता नेपालले  राष्ट्रियताकाे , सार्भाैसत्ता , भाैगाेलिक अखण्डता , मुलुककाे सरकारलाई बैधानीकता स्वीकार्ने सवालमा कुनै बाधाहरु आउछन भने त्यसलाई पन्छाउनै पर्नेमा जाेड दिदै त्यसका निम्ति के कस्ता प्रगति भए भएन त्याे बारेमा छलफल नै नभएकाे प्रष्टाए ।

अबकाे राजनीतिक कता जान्छ भन्ने पत्रकारकाे प्रश्नमा नेता नेपालले सरकारले साेचेरै गरेकाे हाेला त्याे आफुलाई थाहा नभएकाे बताए । ‘ सरकारले त्याे साेचरै गरेकाे हाेला भन्ने अनुमान गराै मलाई थाहा छैन, साेधेपछि सल्लाह गरेपछि अरुले पनि डिफेन्स गर्छन, माैरि जस्ताे लाग्छन, साेधेर गरेकाे हाेइन भने पछि किन जिम्मा लिने । ‘


२९ फाल्गुन २०७५, बुधबार १२:४६ मा प्रकाशित