महिला साफ च्याम्पियनसिप :   बंगलादेशले भुटानलाई हरायाे, नेपाल सेमीफाइनलमा 

दूरबिन नेपाल     ३० फाल्गुन २०७५, बिहीबार ११:५३    

विराटनगर । नेपाल महिला साफ च्याम्पियनसिपकाे फाइनलमा पुगेकाे छ । विराटनगरमा जारी च्याम्पियनसिप अन्तर्गत बिहिवार भएकाे समुह चरणकाे खेलमा बंगलादेशले भुटानलाई दुई शुन्य गाेल अन्तरले हराए पछि, एक खेल खेल्नु अगाडि नै नेपाल सेमीफाइनलमा पुगेकाे हाे । नेपालले उद्द्धाटन खेलमा भूटानलाई तीन शुन्य गाेलले हराएकाे थियाे ।

नेपाल सँगै बंगलादेशले पनि सेमीफाइनलमा स्थान बनाएकाे छ । भूटान भने च्याम्पियनसिपबाट बाहिरिएकाे छ । विराटनगरकाे शहीद र‌गशालामा बंगलादेशलाई पहिलाे हाफ गाेल रहित बराबरीमा राेकेकाे भुटानले दाेस्राे हाफमा दुबै गाेल खान पुगेकाे थियाे ।

अब शनिवार  नेपाल र बंगालदेश खेल्ने छन । साेही खेलबाट समुह विजेता र उप विजेताकाे टुङ्गाे लाग्ने छ ।


३० फाल्गुन २०७५, बिहीबार ११:५३ मा प्रकाशित