गुणस्रतरीय शिक्षामा सुप्रिम कलेजको जोड – वार्षिकोत्सवमा रक्तदान र सरसफाई

दूरबिन नेपाल     १६ माघ २०७४, मंगलवार १८:४३    

      कठमाडौँ १५ माघ ।  गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको काठमाडौं सामाखुशीको सुप्रिम कलेजले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । कलेजको बार्षिकोत्सवको उपलक्ष्यमा प्लस टुमा उत्कृष्ठ अंक ल्याउने ग्याल्जेन शेर्पा, २०७३ मा स्नातक तहमा प्रथम हुने शान्ति लक्ष्मी राजबाहक, २०७४ को स्नातक तह प्रथम हुने सुमन गुरुङ, बीबीएस प्रथम हुने किरण चौधरीलाई सुप्रिम गोल्ड मेडल प्रदान गरिएको थियो ।
सो अवसरमा शिक्षिका सरिता क्षेत्रीले स्व बुवाआमाको स्मृतिमा स्थापना गरिएको मिमि स्मृति पुरस्कारबाट व्यवस्थापनमा स्नातक उत्तीर्ण छात्रा किरण चौधरीलाई तथा २०७३ र २०७४ सालमा व्यवस्थापन र मानविकी बिषयमा उत्कृष्ठ अंक ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो ।
कार्यक्रमको उघाटनका अवसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले निम्न र मध्यम वर्गका विद्यार्थीलाई गुणस्तरीय शिक्षा पुयाउनु नै अहिलेको आवश्यकता रहेको बताए । उनले नगरपालिका आफ्नो नगर क्षत्रमा रहेका शिक्षण संस्थाको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।
पर्यटनविद् तथा लेखक कर्ण शाक्यले अनुशासननै हरेक व्यवसाय र उद्यमीसलताको सफलताको कडी रहेको बताउँदै गल्तीबाट सिक्न र स्वदेसमै उद्यम गरेर देश विकास गर्न युवा वर्गलाई आग्रह गरे ।
खेलको माध्यमबाट देशको गौरब बढाउन सफल  नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा १९ वर्ष मुनिको नेपाली राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक विनोद दासलाई कलेजले विशेष सम्मान समेत गरेको  थियो । कार्यक्रममा खेलकुदबाट युवापुस्तामा राष्ट्रप्रेमको भावना जागृत गर्ने भएकाले खेल क्षत्रलाई राज्यले बिशेष महत्व दिन आग्रह गरे । कार्यक्रममा कलेजका अध्यक्ष हरि कर्माचार्य र क्याम्पस प्रमुख वसन्त कुमार कटवालले गुणस्तरीय पठनपाठनमा विशेष जोड दिइएकोले विद्यार्थी उत्तीर्ण संख्या राम्रो रहेको दावी गरे ।
यस अघि कलेजले वार्षिकोत्सवको अवसरमा गोंगबु क्षत्रको सरसफाइ तथा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।


१६ माघ २०७४, मंगलवार १८:४३ मा प्रकाशित