सर्वोच्चले भन्याे विप्लव माओवादीका नेता वलीलाई थुनामुक्त गर्न मिल्दैन 

दूरबिन नेपाल     २७ चैत्र २०७५, बुधबार १३:१०    

काठमाडौं २७ चैत । प्रहरी हिरासतमा रहेका  नेत्रविक्रम चन्द  विप्लव माओवादी नेता हेमन्त प्रकाश वलीलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेकाे छ ।

प्रतिवन्धित विप्लव समुहकाे नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य वली चैत ७ गते पक्राउ परेका थिए । त्यस पछि चैत १३ गते वलीकी छाेरी बिपनाले सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन्।

सर्वाेच्चकाे बुधवारकाे इजलासले वलीलाई थुनामुक्त गर्न नमिल्ने आदेश दिएकाे हाे ।  रिटमा सुनुवाईपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जिल्ला अदालत ललितपुरबाट अनुसन्धानका लागि प्रहरी अनुमती प्रदान भई हिरासतमा रहेको अवस्थामा वन्दीप्रत्यक्षीकरण रिटका माध्यमबाट छाड्न नमिल्ने आधारमा रिट खारेज गरेको छ।

वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा तथा वम विस्फोट र ज्यानमार्ने उद्दोग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ। सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई पुनः थुनामा लगिएको छ।

सरकारले विप्लव माओवादी माथि प्रतिवन्ध लगाए पछि सयाैँका स‌ख्यामा उनका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

फाेटाे गुगल


२७ चैत्र २०७५, बुधबार १३:१० मा प्रकाशित