नेपालले लागायो पब्जी खेलमाथि प्रतिबन्ध

दूरबिन नेपाल     २८ चैत्र २०७५, बिहीबार १४:३९    

काठमाण्डौ, २८ चैत्र/ नेपालले पब्जी खेलमाथि प्रतिबन्ध लगाउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन स्वीकृतिको लागि काठमाडौं जिल्ला अदालतसमक्ष माग गरेको थियो । मनोचिकित्कले अदालतलाइ प्रदान गरेको परामर्श बमोजिम खेल बन्द गर्न बुधबार स्वीकृति दिएको थियो ।

अदालतको आदेश पश्चात नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको थियो । प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । भारतका केहि शहरले यस खेलमाथि प्रतिबन्ध लगाईसकेको छ । प्रतिबन्ध पश्चात पब्जिले भारतभर २४ घण्टाभित्रमा ६ घण्टाभन्दा बढी खेल्न नमिल्ने बनाएको छ ।


२८ चैत्र २०७५, बिहीबार १४:३९ मा प्रकाशित