सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिए

दूरबिन नेपाल     २९ चैत्र २०७५, शुक्रबार १२:१८    

काबुल, २९ चैत – अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् ।

अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा “उरुज्गान प्रान्तमा गरिएको कारबाहीका क्रममा १८ जना भन्दा बढी तालिबान आतङ्ककारी समूहका सदस्यहरु मारिएको” उल्लेख छ ।

कारबाहीका क्रममा भारी र हलुका हातहतियारहरु पनि कब्जा गरिएको विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका विषयमा तालिबानले केही टिप्पणी गरेको छैन ।

(रासस-सिन्ह्वा)


२९ चैत्र २०७५, शुक्रबार १२:१८ मा प्रकाशित