आठाैँ राष्ट्रिय खेलकुद :  फेन्सिङमा  दोश्रो दिन चार स्वर्णको टुंगो लाग्यो

दूरबिन नेपाल     २९ चैत्र २०७५, शुक्रबार १५:२१    

काठमाडाैँ ।  आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ स्याबर  प्रतियोगितामा प्रदेश नं. ३ दुई स्वर्ण जितेको छ । नेपालगन्ज रंगशालामा शुक्रवार भएको खेलमा नेपाल आर्मी र एपिएफले एक–एक स्वर्ण जिते ।
पुरुष व्यक्तिगत स्याबरमा प्रदेश नं. ३ का अमित भण्डारीले स्वर्ण जिते । उनले एपिएफका राजेन्द्र गजुरेललाई १५–९ ले पराजित गरे । प्रतियोगितामा एपिएफका गजुरेलले रजत जित्दा प्रदेश नं. ३ का प्रयास योञ्जन र आर्मीका नुरबहादुर तामाङ कांस्य हात पारे ।
महिला व्यक्तिगत फोइलमा एपिएफकी मन्दिरा थापाले प्रदेश नं. ४ की अन्जु तामाङलाई १५–९ ले पराजित गरि स्वर्ण जितिन् । एपिएफकी अनिता अधिकारी र नेपाल आर्मीकी रमा सिंह तृतिय भए ।
पुरुष व्यक्तिगत इपीमा प्रदेश नं. ३ का ओमकार सिंहले स्वर्ण जिते । उनले नेपाल आर्मीका दिपेन्द्र विष्टलाई १५–१४ ले हराए । आर्मीका राम थापा र एपिएफका सागर थापा तृतिय भए ।
स्यावर महिला टिम गेममा आर्मी विजयी भएको छ । आर्मीले एपीएफलाई ४५–१६ पन्छायो । आर्मीबाट कमला श्रेष्ठ, विना थापा, अस्मिता बस्नेत र जानुका थापाले खेलेका थिए । दोश्रो भएको एपिएफबाट मुना थापा, मिनादेवी पौडेल, सुकमाया घिसिङ र पार्वती दुलालले प्रतिष्पर्धा गरेका थिए ।

२९ चैत्र २०७५, शुक्रबार १५:२१ मा प्रकाशित