ब्रेकिड्ग न्युज : नयाँ बर्षको पहिलो दिन दुखद खवर लुक्लामा समिट एयरकाे जहाज मनाङ एयरसग ठाेकियाे, तीन जनाको निधन

दूरबिन नेपाल     १ बैशाख २०७६, आईतवार ०४:००    

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन नै हामी दुखद खबर सम्प्रेषित गर्न बाध्य भएका छौ ।

लुक्लामा समिट एयरको जहाज मनाङ एयरसँग ठोकिदा तीन जनाको निधन भएको छ । ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । ३ जना गम्भीर घाइते भएका छन् । थप विवरण आउन वाकी रहेको छ ।

मृत्यु हुनेमा मनाङका पाइलट एवम २ प्रहरी रहेका छन् । त्यस्तै समिटका पाइलट र एयर होस्टेस गम्भीर घाइते रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार हवाईजहाजमा कुनै यात्रु सवार नरहेको रिपोर्ट छ।

जहाज रनवे बाट चिप्लिएको प्रत्यक्षदर्शीको भनाई छ ।
उडान अवतरणका लागि लुक्ला एयरपोर्टलाई विश्वका उच्च जोखिम पूर्ण विमानस्थलको सुचीमा राखिएको छ

 


१ बैशाख २०७६, आईतवार ०४:०० मा प्रकाशित