नेपाली नयाँ बर्षमा अमेरिकाले दियो शुभकामना लामो समयदेखिको सहकार्य अझ मजबुत हुने विस्वास

बद्रि गौतम     १ बैशाख २०७६, आईतवार ०४:२३    

 

नेपालीको नयाँ बर्ष २०७६ को अवसरमा संयुक्त राज्य अमेरिकाले औपचारिक रुपमा शुभकामना दिएको छ । संयुक्त राज्य अमेरिका डिपार्टमेन्ट अफ स्टेटका प्रवक्ता मोर्गन ओर्टागसले प्रेस रिलिज जारी गर्दै भनेका छन, “ अमेरिकी जनता र अमेरिकी सरकारको तर्फबाट संसारभरी रहेका नेपालीहरुलाई नयाँ बर्षको शूभकामना” विज्ञप्तिमा प्रवक्ता मोर्गनले नेपाल र अमेरिकाको लामो समयदेखिको मित्रता र साझा स्वार्थमा सहकार्यको निरन्तरता भविष्यमपनि कायम रहने अपेक्षा राखेका छन ।

अमेरिकामा रहेका नेपाली डायस्पोराको प्रशंसामा मोर्गनले भनेका छन, “अमेरिकामा रहेका नेपाली संघसंस्थाको सक्रियता तथा सहयोगको कारण अमेरिका र नेपालको सम्बन्ध थप कसिलो बनेको छ । अमेरिकी सरकारले विज्ञप्ति मार्फत, आगामी दिनमा नेपाल र अमेरिकाविच विश्वव्यापी तथा क्षेत्रीय स्वार्थमा गहिरो सहकार्यको आशा व्यक्त गरेको छ ।


१ बैशाख २०७६, आईतवार ०४:२३ मा प्रकाशित