अमेरिकाकाे ओहायाेमा नेपालीद्वारा तेक्वान्दाे एकेडेमी स्थापना 

दूरबिन नेपाल     २ बैशाख २०७६, सोमबार ०२:०९    

ओहायाे । अमेरिकाकाे ओहायाेमा नेपालीकाे लगानीमा तेक्वान्दाे स्कूल स्थापना भएकाे छ । ओहायाेकाे एक्राेन शहरमा सनसाइन तेक्वान्दाे एकेडेमी स्थापना गरिएकाे हाे ।

 

 

चाैथाे डिग्रि ब्याल्कबेल्ड प्राप्त  काैशिला खनालले तेक्वान्दाे स्कूल सन्चालनमा ल्याएकी हुन । ओहायाेमा नेपालीले स्थापना गरेकाे याे पहिलाे  तेक्वान्दाे स्कूल हाे । अमेरिकाका अन्यराज्यमा भने झण्डै आधा दर्जन नेपालीले तेक्वान्दाे स्कूल सन्चालन गरेका छन् । ओरिगनकाे पाेर्टल्याण्डमा मास्टर डान दिवाकर महर्जनले व्यवस्थित रुपमा तेक्वान्दाे स्कूल सन्चालन गरेका छन् । यस्तै मिचिगनमा लव गाेर्खाली, बाल्टिमाेरमा कुमार कार्कीले पनि तेक्वान्दाे स्कूल सन्चालन गरेका छन् । न्युयाेर्कमा पनि शान्त थाेकर र पर्सी राईकाे छुट्टा छुट्टै  कराते स्कूल  छ ।

सनसाइन तेक्वान्दाे स्कूलकाे एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएकाे छ ।  ओआयाे विश्व विद्यालयका प्राध्यापक भक्त रिजाल र युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दाे फेडेरेशन  (अनटीएफ) का उपाध्यक्ष जगनलाल श्रेष्ठ (विपिन) ले सयुक्त्तरुपमा तेक्वान्दाे स्कूलकाे उद्घाटन गरे ।   मुख्यतय त्यस क्षेत्रमा बसाेबास गर्ने नेपाली र नेपालीमुलका अमेरिकन बालबालिकालाई लक्षित गरि तेक्वान्दाे स्कूल स्थापना गरिएकाे जनाइएकाे छ ।

उद्घाटन कार्यक्रममा अनटीएफका महासचिव लव गाेर्खाली, भुटनीज कम्युनीटिका पूर्व सचिव तथा समाजसेवी मनोरथ खनाल, स्थानीय सिटि काउन्सिलका  प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे । उद्घाटनका अवसरमा मिचिगनकाे ज्याेति एभरेष्ट तेक्वान्दाे एकेडेमीका  खेलाडीले खेल प्रदर्शनी गरेका थिए ।  यस्तै स्थानीय कलाकारले साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरेका थिए ।

 

साेही अवसरमा अमेरिकामा रहेका पूर्व तेक्वान्दाे खेालाडीलाई मायाकाे चिनाे प्रदान गरि सम्मान गरिएकाे थियाे । यसरी सम्मान पाउनेहरुमा नहकुल शर्मा, बिर्ख सुब्बा, डेक दर्जी, शान्ता सुब्बा, टिका न्यौपाने, सोम आचार्य, रण सुबेदी र  राधिका सुबेदी थिए ।  यस्तै  अमुल गोर्खाली र उनकाे टीमलाई खेल प्रदर्शनी गरे वापत मायाकाे चिनाे प्रदान गरिएकाे  थियाे ।

 


२ बैशाख २०७६, सोमबार ०२:०९ मा प्रकाशित