एनआरएनए अमेरिकामा उम्मेदवारी मनोनयन दुई दिन पछाडि सर्‍यो

दूरबिन नेपाल     २ बैशाख २०७६, सोमबार ०५:०५    

अमेरिका ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि मनोनयन दर्ता समय दुई दिन पछाडि सरेको छ । एनआरएनए अमेरिकाको निर्वाचन आयोगले आज इमेल मार्फत मनोनयन दर्ता समय सारिएको जानकारी सदस्यहरूलाई गराएको हो ।

विधान अनुसार योग्यता पुगेका व्यक्तिहरूले अव अप्रिल १६ देखि १९ तारिख सम्म उम्मेदवारी मनोनयन फायल गर्न पाउने छन् । यस अघि अप्रिल ७ तारिख निर्वाचन आयोगले इमेल मार्फत उम्मेदवारी दर्ताको समय अप्रिल १४ देखि १७ सम्मका लागि राखिएको जनाएको थियो । निर्वाचनका लागि उम्मेदवारी दर्ता समय दुई दिन पछाडि सार्नु पर्ने कारण निर्वाचन आयोगले इमेलमा उल्लेख गरेको छैन । निर्वाचनको अरू कार्यतालिका भने परिवर्तन भएको छैन ।


२ बैशाख २०७६, सोमबार ०५:०५ मा प्रकाशित