काँग्रेस जाग्यो विदेशमा रहेका नेपालीलाई मतदानकाे व्यवस्था गर्न दवाव दिने 

बिष्णुहरि घिमिरे दूरबिन नेपाल     ३ बैशाख २०७६, मंगलवार १२:२१    

 

बिष्णुहरि घिमिरे \ दूरबिन नेपाल

अमेरिका, अप्रिल १६ । नेपाली काँग्रेसले आफ्नाे राष्ट्रिय जागरण अभियान विदेशमा  पनि सञ्चालन गर्ने भएकाे छ ।  पार्टी मुख्यालय ललितपुरकाे सानेपामा मगलवार  उपसभापतिहरु विमलेन्द्र निधि र  विजयकुमार गच्छदार, महामन्त्री शंसाक कोइराला, काेषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री प्रकाशशरण महतको उपस्थितीमा  पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले देश -विदेश सबै तीर काँग्रेसलाई एकै पटक जागरुक बनाउने घाेषणा गरेका हुन् ।

उनले काँग्रेसकाे विदेश स्थित भातृ सङ्गठन जनसम्पर्क समितिकाे व्यस्थापन र विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउनु भन्ने सर्वाेच्च अदालतकाे आदेश कार्यन्यवका लागि दवाव साथ साथै लैजाने बताए । ‘ विदेश स्थीत नेपाली जनसम्पर्क समितिहरुकाे आन्तरिक व्यवस्थापन, सदस्यता विस्तार, जागरण सम्वन्धी मुद्दा क्रेन्द्रित प्रचार र मतदानाकाे प्रकृया मिलाउन दवाव दिने’ लिखित प्रेटनाेट वाचन गर्दै प्रवक्ता शर्माले भने ।

उनले थपे ‘ सर्वाेच्च अदातलले फैसला गरिसकेकाे छ, त्याे कार्यन्वयन गराउने दिशामा वर्तमान सरकारले कुनै पहल गरेकाे हामीले पाएका छैनाै, नेपाली नियाेगहरु मार्फत नेपाल सरकारलाई दवाव दिन आम एक्यवद्दता विदेशमा रहेका सारा नेपालीकाे अगुवाई र नेतृत्व गरेर जनसम्पर्क समितिले अगाडि बढाउने ।’

सर्वाेच्च अदालतले विभिन्न देशमा रहेका नेपाललाई उनीहरु जहाँ छन त्यहीबाट मतदान गर्ने व्यवस्था गर्न आदेश दिएकाे थियाे । तर सरकारले त्याे आदेश कार्यन्वयनका लागि हाल सम्म कुनै पहल गरेकाे छैन ।

राष्ट्रिय जागरण अभियान तीन चरणमा 

 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले   राष्ट्रिय जागरण अभियान तीन चरणमा हुने बताए । यसकाे नाम  ‘हिमाल, पहाड, तराई, मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ राखिएकाे छ । ७७ जिल्लामा नै हुने अभियानकाे   पहिलो चरणमा  बैशाख ११ देखि जेठ ११ सम्म चल्ने छ । सबै चरणकाे अभियानमा केन्द्रिय प्रतिनिधिकाे उपस्थिति रहने छ । पहिलाे चरणकाे शुरुवात  काठमाडौंमा सभापति शेरबहादुर देउवाले  गर्नेछन् ।

दोस्रो चरणमको अभियान भदौ २४ देखि असोज ७ सम्म प्रादेशीय निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ । यो अभियानमा पनि केन्द्रीय प्रतिनिधिहरुको उपस्थिती रहनेछ । त्यस्तै पुष ७ गतेदेखि १६ गतेसम्म तेस्रो चरणको अभियान सञ्चालन गरिने भएको छ । यो अभियान सात सय ५३ स्थानीय तहमा हुनेछ ।

किन चाहियाे राष्ट्रिय जागरण अभियान 

 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले  पार्टीको पार्टीको संगठन सुधार गर्न र सरकारका भ्रष्टचारजन्य क्रियाकलापको विरोध गर्न, संशोधित विधानबारे तल्लो तहसम्म जानकारी गराउन, काँग्रेसकाे प्रयास र अगुवाईमा विगतमा भएका काम बारे  तल्लो तहसम्म सम्प्रेषण गर्ने अभियान चलाउनु परेकाे बताए ।

यस्तै प्रवक्ता शर्माले  बलात्कार, हिंसा, दण्डहीनतामा सरकारको खबरदारी गर्न, संविधान शंसोधन गर्नुपर्ने विषयमा आएका फरक मतलाई तल्लो तहसम्म बुझाउन र नेता कार्यकर्ताबीच सम्बन्ध विस्तार गर्न पनि अभियान चाहिएकाे बताए ।

उनले थपे ‘सरकार प्रभावकारी भएको छैन, काम कारवाही भ्रष्टचारलाई मुछिएको छ भनेर नागरिक तहमा सुसिचित गराउने, कुटनीतिक क्षेत्रमा परेको नकारात्मक असरबारे बुझाउन र तीनै तहका सरकारले कसरी काम गरिराखेका छन् भन्ने विषयमा छलफल हुने छ ।’ शर्माले भातृ संस्था नेविसंघ, तरुण दल, महिला संघलगायतको व्यापक परिचालन गर्ने बताए ।

फाेटाे : काग्रेसकाे फेसबुक लाइभबाट 


३ बैशाख २०७६, मंगलवार १२:२१ मा प्रकाशित