सुनिल साहले अध्यक्षमा गरे मनोनयन दाखिला प्रस्तावक बादल र समर्थकमा हरिबोल

दूरबिन नेपाल     ५ बैशाख २०७६, बिहीबार २१:५९    

अमेरिका ।

वरिष्ठ उपाध्यक्ष सुनिल साहले एनआरएनए अमेरिकाको २०१९–२१ को नेतृत्व लिन अध्यक्षमा बिहीबार दिउसो उम्मेदवारी दाखिला गरेका छन् । दूरबिन नेपालसँग कुरा गर्दै साहले भने “मेरो एजेन्डामा सहमत भएर आउने सबै साथीहरू मेरो टिममा रहन्छन् ।”

अध्यक्षका अर्का दाबेदार डाक्टर अर्जुन वनजाडे वरिष्ठ उपाध्यक्षमा साहसँग मिलेर निर्वाचनमा जाँदै छन् । साहको समूहमा महासचिवमा कसलाई अगाडि बढाउने भन्ने कसरत अझै चलिरहेको छ ।

साहले दूरबिन नेपालसँग कुरा गर्दै भने “मेरा आफ्ना एजेन्डा त छदैछन् । एनआरएनए अमेरिकालाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रजहरूको चाहाना र अधुरा सपनालाई पुरा गर्न पनि मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।”

एनआरएनए अमेरिकाको यस निर्वाचन प्रक्रियामा सहभागी हुन सदस्यता लिएका सबै जनालाई विवेक प्रयोग गरेर नेतृत्वको चयनमा सहभागी हुन साहले आग्रह गरेका छन् । साहले “भने निर्वाचनको दौडमा कसैलाई होच्याउने, गालिगलौज गर्ने र अनावशेक लान्छना लगाउने काम नगरी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि सहयोग गर्न म मेरा समर्थक र शुभचिन्तकहरूलाई आग्रह गर्छु ।”


५ बैशाख २०७६, बिहीबार २१:५९ मा प्रकाशित