मैले चुनाव जितेमा गर्ने १० काम,  रामचन्द्र रेग्मी, प्रत्यासी अध्यक्ष, एनआरएनए अमेरिका कनेक्टिकट च्याप्टर 

दूरबिन नेपाल     ६ बैशाख २०७६, शुक्रबार ०२:५४    

 

 गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत कनेक्टिकट च्याप्टरकाे आसन्न निर्वाचनमा मैले अध्यक्ष पदमा उमेदवारी दिएकाे छु । यहाँहरुकाे माया र विश्वास जिते भने म निम्न अनुसारकाे काम गर्ने प्रतिवद्दता व्यक्त गर्दछु ।

 

१,परदेशमा रहेका हामी नेपालीमा विवाद र विभाजन हाेइन एकताकाे खाँचाे छ । हामी मिलेमा नै हाम्राे पुस्ता र हामी पछिका पुस्ताले प्रगति गर्न सक्छ । त्यसकारण नेपाली समाजलाई एकतावद्द गराई, एनआरएनलाई सबै नेपाली अट्ने साझा सस्था बनाइ, हाम्राे समाजकाे स्तराेउन्नतीका लागि राज्य सरकार,सिटी र विभिन्न काउन्सिलबाट अल्पसख्यक समुदायले पाउने सुविधा दिलाउनका लागि पहल गर्ने छु ।

 

२, कनेक्टिकट राज्यमा नेपालीहरुका लागि बहुउद्धेश्यीय भवनकाे खाँचाे छ ।  त्यसका लागि च्याप्टर तथा स्थानीय नेपाली सामाजिक संघ, संस्था एवं अमेरिकी राज्य सरकारसँग समन्वय गर्दै  सम्भाव्यता अध्यन गरि भवन निर्माण कार्य शुरु गर्ने छु ।   स्थानीय नेपाली समाजसँग सहकार्य, समन्वय र साझेदारी गरि  नेपाली पहिचान झल्काउने सामाजिक र सांस्कृतिक कृयाकलाप संचालन गर्ने छु ।

 

३,एनआरएनए अमेरिका सँग दिगाे र दरिलाे सम्वन्ध  स्थापित गर्दै च्याप्टरलाई आवश्यक पर्ने सेवा र सुबिधाहरुको लागि निरन्तर पहल गर्ने छु ।

 

४, कनेक्टिकटमा आप्रवास वा अध्ययनका लागि आउनु हुने नव आगन्तुक नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आवश्यक सल्लाह, सहयोग र सेवा उपलब्ध गराउनकाे लागि दिर्घकालिन परामर्श संयन्त्र स्थापना गर्ने छु ।

 

५, नेपाली पहिचान झल्काउने विभिन्न रितिरिवाज, चालचलन , चाड-पर्व हरुलाई हाम्रा सन्ततीले अनूकरण र अनुशरण गराउन, माैलिक चाड पर्वकाे संरक्षण र सम्वर्धनका लागि  स्थानीय सामाजिक संस्थाहरूहरु सँग  हातेमालो गर्दै विभिन्न कार्यक्रम गर्न च्याप्टरलाई सक्रिय बनाउने छु ।

 

६, स्थानीय नेपाली अग्रजहरुको सम्मान गर्ने, महिला दिदीबहिनी, बालबालिकाहरुको लागि मनाेरञ्जानात्मक तथा ज्ञानमुलक कार्यक्रम सन्चालन गर्ने  छु ।

 

७, स्वरोजगार तालिमको व्यवस्था गरि  नेपाली समुदायलाई व्यवसाय तर्फ उन्मुख गराउन विषेश प्याकेज कार्यक्रम ल्याउने छु ।

 

८, एनसीसीबाट  च्याप्टरलाई प्राप्त हुने रकम अविलम्व प्राप्त गर्न पहल गर्ने छु ।

 

९, अमेरिकामा रहेका नेपाली बालबालिका तथा नेपालीमुलका अमेरिकन बालबालिकालाई लक्षित गर्दै उनीहरुले स्कूल, कलेज तथा विश्वविद्यालय छनाेट गर्न सहजीकरणका लागि विज्ञहरु सँग परामर्श कार्यक्रम गराउने तथा आफ्नाे मातृभाषामा पनि दखल बनाउनका लागि नेपाली भाषा पाठशाला सन्चालन गर्ने छु । त्यसका लागि  स्थानीय सामाजिक संस्था सँग मिलेर प्रभावकारी र उपलव्धिमूलक भूमिका खेल्ने छु ।

१०, एनआरएनका  सदस्यहरुलाई परिचय पत्रकाे व्यवस्था गर्न एनसीसीलाई अनुराेध र सहयाेग गर्ने छु  ।

 

कनेक्टिकटमा रहेकाे नेपाली समाजमा मैले लामाे समय देखि गर्दै आएकाे याेगदान यहाँहरुलाई अवगत नै छ । अझ पनि धेरै काम गर्न बाँकी छ, त्यसकाे जिम्मेवारी दिनु हुने नै छ भन्ने विश्वास लिएकाे छु ।

 

रामचन्द्र रेग्मी, प्रत्यासी अध्यक्ष, एनआरएनए अमेरिका कनेक्टिकट च्याप्टर 


६ बैशाख २०७६, शुक्रबार ०२:५४ मा प्रकाशित