लवक नेपाली समाजमा डा.प्रकाश

दूरबिन नेपाल     ६ बैशाख २०७६, शुक्रबार ०२:०७    

अमेरिका, १८ अप्रिल/ लवक नेपाली समाजमा डा प्रकाश श्रेष्ठको नेतृत्वमा नयॉ नेतृत्व चयन भएको छ । सर्वसम्मतरूपमा गठित नेतृत्वमा उपाध्यक्षमा हरि वञ्जारा महासचिवमा शिव मूल  कोषाध्यक्षमा डा संजिव लवाल रहेका छन । सदस्यहरूमा डा प्रकृति विष्ट, दुर्गा घर्ति, सुदन सुवेदी रहेका छन् ।
 गत मार्च २३ मा सम्पन्न बार्षिक साधारण सभामा घोषणा गरिएको नयॉ कार्यसमितिले यहि अप्रिल १४ तारिख आईतबार आयोजित एक समारोहकाबीच सपथ ग्रहण गरेको थियो ।
समारोहलाई सम्वोधन गर्दे नव निर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा यो समाजलाई अमेरिकामा नै एक उदाहरणिय संश्थाकोरुपमा विकास गर्ने दृढता व्यत्त गर्नुभयो । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष सुरेन्द्र गौतमले दुई वर्षको अवधिमा आºनो नेतृत्वले गरेका प्रगती विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रम नेपाली नयावर्षको शुभकामना आदानप्रदान सहित विविध सांस्कृतीक मनोरोञ्जनका साथ सम्पत्र भएको थियो ।

६ बैशाख २०७६, शुक्रबार ०२:०७ मा प्रकाशित