क्यालिफोर्नियामा एनआरएनए का उम्मेदवारको बहस कार्यक्रम अप्रिल २० मा सान फ्रान्सिस्को र अप्रिल २१ मा लस एन्जलस

दूरबिन नेपाल     ६ बैशाख २०७६, शुक्रबार १२:४८    

अमेरिका, १९ अप्रिल । एन आर एन ए अमेरिकाको चुनाव नजिकिँदै गर्दा चुनावी बहस कार्यक्रम पनि तीव्र भएका छन् । नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले भर्जिनियामा अप्रिल १४ मा आगामी कार्यकालको नेतृत्व लिन चाहाना राख्ने बिच पहिलो चरणको बहस कार्यक्रम सञ्चालन गरे पश्चात् अप्रिल २१ मा लस एन्जलस, मे ४ मा डल्लास तथा मे १९ मा न्यू योर्कमा,  हलिवूड खबरले अप्रिल २० मा सान फ्रान्सिस्को र बिआटि नेपालले अप्रिल २९ तारिख कोलोराडोमा बहस कार्यक्रम सञ्चालन गर्दैछन् ।
लस एन्जलसमा अप्रिल २१ तारिख हुने बहस कार्यक्रम श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा गर्न गइरहेको तथा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नेजा पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकालले बताए । एनआरएनएको बहस कार्यक्रम संयोजन गर्नको लागि ढकाललाई कार्यसमितिले जिम्मेवारी प्रदान गरेको थियो ।


६ बैशाख २०७६, शुक्रबार १२:४८ मा प्रकाशित