रामबाबु पाण्डेले पश्चिम क्षेत्रिय उपाध्यक्षमा गरे मनोनयन

दूरबिन नेपाल     ६ बैशाख २०७६, शुक्रबार १४:३७    

अमेरिका १९ अप्रिल । एनआरएनए अमेरिकाको २०१९–२१ को नेतृत्वका लागि पश्चिम क्षेत्रिय उपाध्यक्षमा रामबाबु पाण्डेले बिहीबार उम्मेदवारी दर्ता गरेका छन् । दूरबिन नेपालसँग कुरा गर्दै पाण्डेले भने “म सामुदायिक सेवा गर्न लागेको हुँदा कुनै समुह बनाएर चुनावमा जाने भन्दा पनि सबै जितेर आउने साथीहरु नै मेरो समुह हुन्, म सबै संग मिलेर काम गर्न सक्षम छु ।”
पश्चिम क्षेत्रिय उपाध्यक्षमा अमेरिकाको क्यालीफोर्निया, इडाओ, मोन्ताना, ओयोमिंग, नेभाडा, युटाहा, कोलोराडो, एरिजोना, न्यु मेक्सिको, अलास्का, वाशिंगटन, ओरेगन र हवाई राज्य पर्दछन् ।


६ बैशाख २०७६, शुक्रबार १४:३७ मा प्रकाशित