एनआरएनए आइसीसी मेम्बरमा बिन्दु सापकोटा

दूरबिन नेपाल     ७ बैशाख २०७६, शनिबार १४:१४    

अमेरिका २० अप्रिल ।

एनआरएनए आइसीसीमा प्रतिनिधित्व गर्न सन् २०१९–२१ का लागि विन्दु सापकोटाले सदस्यमा उम्मेदवारी दाखिला गरेकी छन् ।

प्रवासमा बसोबास गर्ने नेपालीहरूलाई गीत, सङ्गीत, कला, संस्कृति मार्फत नेपालसँग जोडी राख्न सक्रिय छन् विन्दु सापकोटा । यस अघि एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर भएर कला संस्कृति विभाग संयोजकको रूपमा काम गरेको सापकोटासँग अनुभव छ ।

प्रवासको सङ्घर्षपूर्ण दैनिकीमा सामाजिक कामका लागि सापकोटाले दिने गरेको समय र मेहनतको उनलाई नजिकबाट चिन्नेहरूले सह्राना गर्दै आएको छन् । सापकोटा भन्छिन् “नेपालबाट प्रवासको भूमिमा आएर विर्सदै गरेका र यतै जन्मिएर नेपाली कला संस्कृति नदेखेका, नबुझेका नेपाली नानी बाबुलाई नेपाली कला संस्कृति देखाउनु, सिकाउनु र बुझाउनु मेरो मुख्य उद्देश्य हो ।”

विदेशी भूमिमा नेपाल र नेपालीलाई जोड्न गठन भएको एनआरएनएको प्रमुख उद्देश्य मध्येको एक हो कला संस्कृतिको जगेर्ना र प्रवर्धन । आफ्नो घर परिवारलाई भन्दा कला संस्कृतिका लागि बढी समय दिने सापकोटालाई चिन्नेहरू यसका लागि उपयुक्त उनी उपयुक्त पात्र भएको बताउँछन् ।


७ बैशाख २०७६, शनिबार १४:१४ मा प्रकाशित