क्यालिफोर्निया च्याप्टर अध्यक्षमा सुरेन्द्र मल्ल

दूरबिन नेपाल     ७ बैशाख २०७६, शनिबार १५:५२    

अमेरिका २० अप्रिल ।

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा सुरेन्द्र मल्लले उम्मेदवारी दिएका छन् । मल्ल सानफ्रानसिस्को क्षेत्रका सक्रिय समाजसेवी हुन् । मल्ललाई एनसीसी र आइसीसीमा जान कतिपयले सल्लाह दिएका भए पनि उनी च्याप्टरमा नै बसेर काम गर्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस अघि एक भोट अन्तरले पराजित भएका मल्ल यस पटक सोही पदमा प्रतिस्पर्धाका लागि अगाडि बढेका छन् ।

मल्लसँग विभिन्न सङ्घ संस्थामा बसेर सामाजिक काम गरेको लामो अनुभव छ । उनलाई क्यालिफोर्निया च्याप्टरमा सर्वसम्मतिमा अध्यक्ष बनाउने प्रयासहरू भएका थिए । यो समाचार तयार गर्दासम्म अरू कसैले अध्यक्षमा उम्मेदवारी दाखिला गरेको आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।


७ बैशाख २०७६, शनिबार १५:५२ मा प्रकाशित