अमेरिकामा अब हरेक वर्ष नेप्लिज अमेरिकन हेरिटेज डे मनाईने

दूरबिन नेपाल     ९ बैशाख २०७६, सोमबार २२:१७    

डिसी, अप्रिल २२ । अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरले अबदेखि हरेक साल अप्रिल महिनाको तेश्रो साता नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने भएको  छ।

 

सन् २०१८ को चुनावमा नेपाली मूलका युवा प्रदीप ढकाल हर्नडन शहरको परिषद सदस्यमा निर्वाचित हुनुभए पछि उहाँको पहलमा हालै यस शहरले नेप्लिज अमेरिकन हेरिटेज डे मनाउनेनिर्णय गरेको थियो। 

 

नेप्लिज अमेरिकन हेरिटेज डेको मान्यता पाएको खुशियालीमा यहाको आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया शाखाले हर्नडनमा असंख्य नेपाली  अमेरिकनहरूका बीच गत शनिबारएक खुशियाली कार्यक्रमको आयोजना गरेका छन्।

 

बाक्लो जनसंख्या रहेको उत्तर भर्जिनियाको हर्नडन शहरमा मनाईएको हेरिटेज डे कार्यक्रम यस क्षेत्रमा नेपाल चिनाउन सफल भएको मानिएको    

 

भर्जिनिया राज्यमा यसरी सरकारी स्तरमा नेप्लिज अमेरिकन हेरिटेज डेको घोषणा भएको यो पहिलो पटक हो। 

 

समारोहमा नेपालका लागि पूर्व राजदुत स्कट डेलेसी तथा वरिष्ठ लोक गायक प्रेम राजा महतलाई उहाँहरूले नेपाल चिनाउन आआफ्नो स्थानबाट पुर्याउनु भएको योउदनको कदर गर्दैआयोजकहरूबाट सम्मान गरिएको   गत अप्रिल २० तारिखका दिन सम्पन्न नेप्लिज अमेरिकन हेरिटेज डे हर्नडन शहरको हर्नडन निम्न माध्यमिक बिद्यालयमा गरिएको थियो 

 

कार्यक्रममा नेपाल झल्काउने विविध झॉकीलाखे नाचभेषभूषाको प्रदर्शनी तथा सॉस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। आदर्श नेपाली समाजद्वारा संचालित नेपाली स्कुलकाबालबालिकाले दुवै देशका राष्ट्रिय गान गर्नुका साथै नेपाली पहिरनका साथ सभा स्थलमा मार्च पनि गरेका थिए। 

 

नेपाल डे तथा नयां वर्षको कार्यक्रममा सहभागी हुन  भर्जिनियाका डेलिगेट इब्राहिम शमिराहफेयरफ्याक्स काउनटीका सुपरभाइजरहर्नडनका नगर उपप्रमुखकाउन्सिल सदस्यहरूहर्नडनका नगरका वर्तमान  पूर्व पदाधिकारीहरुअमेरिकन मूलधारको  राजनीतिमा प्रवेश गरी मेरिल्याण्ड राज्यको डेलिगेट निर्वाचित भएका  ह्यारी भण्डारीभर्जिनिया कै हे मार्केट शहरमा  गत वर्ष नगर परिषद सदस्य निर्वाचित मधु पन्थीनेपाली समुदायका विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा स्थानीय जन समुदायको बाक्लो उपस्थिति थियो।

 

हेरिटेज डे संगै नेपाली नयॉ वर्ष २०७६ को कार्यक्रम पनि भव्यताको साथ स्थानीय समुदायको सहभागितामा मनाईएको थियो  आदर्श नेपाली समाजका बालबालिकाहरूले क्रस्तुत गरेका राष्ट्रियगानानाचगानलाई अतिथि  समुदायले अभिरुचिपुर्बक रुपमा हेरेका थिए।

 

सो अबसरमा  हर्नडन शहरबाट हालै भएको नेप्लिज अमेरिकन हेरिटेज डे को घोषणा पत्रलाई उक्त शहरको काउन्सील सदस्यमा जननिर्वाचित नेपाली मूलका  युवा प्रदीप ढकालले पढेरसुनाएका थिए  साथै नगरबाट प्राप्त घोषणा पत्र आदर्श नेपाली समाजका अध्यक्ष अर्जुन सिग्देल एवं एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुबेदीलाई औपचारिक रूपमाहस्तान्तरण गरिएको थियो  

 

कार्यक्रममा सम्मानित भए पछि नेपालका लागि अमेरिकाका पूर्व राजदूत  स्कट डेलेसी तथा लोकप्रिय वरिष्ठ गायक तथा महा बाणिज्यदुत प्रेम राजा महत ,हर्नडन नगर परिषद सदस्स प्रदिपढकाल तथा मेरिल्याण्ड राज्यका लागि बिधान सभा सदस्य ह्यारी भण्डारीले मन्तब्य दिदै नेपाल अमेरिका बीयसबाट अझ गाढा हुनुका साथै  नेपाली समुदायले उचो  शिर लगाएर अमेरिकीसमुदायमा एकिकृत रुपमा योगदान दिन सक्ने कुरामा जोड दिनु भयो 

 

नेपालका लागि पूर्व अमेरिकी राजदुत डेलेसीलाई अमेरिकामा रहेर नेपाललाई माया गर्दै गैर मुनाफा संस्था सोरवे फाउन्डेसन मार्फत निरन्तर सहयोग गरिरहेको  नेपाल  अमेरिकाबीच पूलकोभूमिका निर्वाह गर्दै बिशेष योगदान गरेकोमा सम्मान गरिएको थियो 

 

यसै गरी लोक गायक महतलाई नेपालबाट अमेरिका आएर नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै दुई देश बीच रहेको सम्बन्धलाइ लोक संस्कृति मार्फत गहिरो बनाउदै अमेरिकामा  संस्कृतिकोविकास   वृद्धि गर्नमा अतुलनीय योगदान गरे वापत सम्मान गरिएको थियो 

 

आदर्श नेपाली समाजका  अध्यक्ष अर्जुन सिग्देल तथा एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुबेदीले डेलेसी तथा महतलाई सम्मानपत्र प्रदान गरेका थिए भने एन आर एन अभियन्ताआदर्श नेपाली समाजका सल्लाहकार परशुराम भण्डारीले डेलेसी तथा महतलाई खादा लगाई सम्मान गरेका थिए 

 

आदर्श नेपाली समाजकाे बिद्यालयका बालबालिकालाई नृत्य प्रशिक्षण सोही पाठशालाकी शिक्षिका सानी बिष्टले दिएकी थिईन भने सम्मानित ब्यक्तित्वहरु प्रेमराजा महतको परिचय बालिकासोफिया न्यौपाने  स्कट डेलेसीको परिचय महिमा सुबेदीले पढेर सुनाएका थिए 

 

 

भर्जिनिया सिनेटर जेनिफर बयस्कोको विशेष सन्देश स्मृती सुवेदीले पढेर सुनाएकी थिइन  यस्तै कार्यक्रमको लेखा ब्यवस्थापन तोया पौड्याललेसंचार संयोजन गुणराज लुईटेलले रस्वयंसेवकहरुको ब्यवस्थापन चिरिन्जीवी लामिछानेले गरेका थिए 

 

सो अबसरमा अमेरिकी नेपाली डायस्पोराको इतिहासमा पहिलो पल्ट नेपाली परम्परामा संगिनी गीत  नृत्य हर्डनभर्जिनियामा भएको नेप्लिज अमेरिकन हेरिटेज डे मा श्रीओम कीर्तनमण्डलीका दिदीबहिनीद्वारा प्रस्तुत गरे  कार्यक्रम संचालन आदर्श नेपाली समाजका सदस्यहरू आरती पराजुली सिग्देल  राजेश छेत्रीले संयुक्त रुपमा गरेका थिए 

 

नेपालीपन जल्काउन नेपाली समूदायले नेपाली भेषभूषा  संस्कृति झल्किने पहिरनहरु लगाएर आएका थिए 

फोटो सौजन्य : गुणराज लुईटेल

 


९ बैशाख २०७६, सोमबार २२:१७ मा प्रकाशित