सर्वज्ञले देखाए रौंद्र रूप

दूरबिन नेपाल     १० बैशाख २०७६, मंगलवार ०५:३५    

अमेरिका २२ अप्रिल ।

अघि पछि मिठो र नम्र बोल्ने सर्वज्ञ वाग्ले मञ्चमा पुगेर माइक समाए पछि भने रौंद्र रूपमा देखा पर्छन् । गत शनिवार सानफ्रानसिस्कोमा एनआरएनए अमेरिकाको निर्वाचन बहस कार्यक्रममा सर्वज्ञ वाग्ले बोल्दै गर्दा साउन्ड बक्स नै झन्डै पड्कियो । अतालिँदै साउन्ड सिस्टममा पुगेर समयमै मिलाइहाले अमृत कुँवरले ।

इमान र निष्ठा यति ठुलो शक्ति हो, कानै दुख्ने गरी जतिसुकै चर्को स्वरमा भाषण गरे पनि सर्वज्ञले गरेका कुरा ठिक भन्दै श्रोताहरूले ताली पिटिरहेका हुन्छन् । उनको भाषण सुनिसकेपछि राजु कार्कीले टिप्पणी गरे “बेइमान र फटाइ गर्न अलिकति पनि लाज नमान्नेहरूको चर्को स्वरले सबै कुरा दबेको समयमा सर्वज्ञ जी सही र सत्य कुरा बदमासहरूको कानको जाली फुट्ने गरी राख्न सक्नु हुँदो रहेछ ।”

हो सत्य–तथ्य र इमानको आडमा बोल्छन् सर्वज्ञ । चारवटा पुस्तक लेखिसकेका एनआरएनए अमेरिकाका पूर्व मिडिया कोर्डिनेटर सर्वज्ञ वाग्लेलाई यति बेला एनआरएनए अमेरिकाको निर्वाचनको चटारो छ । उनी पश्चिम क्षत्रिय उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । उनले भने “म राम्रो कामका लागि सक्दो प्रयास र इमानको नमुना बनेर देखाऊ छु । तपाइहरूको शिर झुक्न दिन्न ।”


१० बैशाख २०७६, मंगलवार ०५:३५ मा प्रकाशित