कुमार सानुको स्वरमा कृशुका शब्द : “सयौं जुनी संगै” म्युजिक भिडियाे सहित

बद्रि गौतम -दूरबिन नेपाल     १८ बैशाख २०७६, बुधबार ०२:१५    

बद्रि गौतम -दूरबिन नेपाल

 

 न्युयोर्क मे १ 

 साहित्यकार तथा कुटनितिज्ञ कृशु क्षेत्रीको शब्दमा विश्व प्रख्यात गायक कुमार सानुले गाएको गीत सार्वजनिक भएको छ । केहि दिनअघिमात्र युट्युबमा सार्वजनिक भएको गितको बोल “सयौं जुनी संगै” रहेको छ । युट्युवमा सार्वजनिक भएसंगै कृशु क्षेत्रीको शब्द र कुमार सानुको स्वरको गीतका दर्शकहरुपनि बढ्न थालेका छन ।

 

युग भुषालको संगीत रहेको गितको भिडियोलाई दिलिप समनले निर्देशन गरेका छन भने कुमार सानुको आवाज र कृशु क्षेत्रीको शब्दलाई जीवन दिएका छन, निराजन प्रधान र अश्मिता लामिछानेले । बलिउडमात्रै होइन विश्वमै कुमार सानुका अनगिन्ती फ्यानहरु छन । एकै दिन धेरै गित रेकर्ड गरी विश्व किर्तीमान कायम गरेका सुमधुर स्वरका धनी कुमार सानुले क्षेत्रीको दमदार शब्दहरुमा गाएको सो गित लोकप्रिय हुने विस्वास गरिएको छ ।

 

प्रशासन क्षेत्रमा कार्यरत रहेपनि नेपाली साहित्यका विविध पक्षमा कलम चलाउने कृशु क्षेत्री न्युयोर्क स्थित नेपाली महावाणिज्य दुतावासका बाणिज्य दुत हुन । कृशुले केहि दिन अघि कविता तथा गीतीसंग्रह “चराका गितहरु” प्रकाशनमा ल्याएका थिए । कृशुका रगतको दरबार, बोधिसत्वको मृत्यु, उत्सव आगोको मुर्छना लगायतका कृतिहरु चर्चित भइसकेका छन । नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको कदर स्वरुप क्षेत्रीले आधा दर्जनभन्दा धेरै सम्मान र पुरस्कार पाइसकेका छन ।

 


१८ बैशाख २०७६, बुधबार ०२:१५ मा प्रकाशित