टेक्सास जाने दाई ‘नेजालाई’ यी कुरा सोधिदिनु है

बिष्णुहरि घिमिरे-दूरबिन नेपाल      २० बैशाख २०७६, शुक्रबार ११:४८    

बिष्णुहरि घिमिरे-दूरबिन नेपाल 

 

अमेरिका मे ३ । सबै भन्दा बलवान समय रहेछ । समय कहिलेकाही निष्ठुरी बनिदिने रहेछ । खासमा म यतिखेर टेक्सासका लागि रमना भइसक्नु पर्ने हो । तर समयले बन्दी बनायो, नेपाल अमेरिका पत्रकार संघ नेजाको अधिवेशनमा भौतिकरुपमा उपस्थित हुन सकिन ।

 

पेशाकर्मीहरु सँग सँगै टेक्सास शहर घुम्ने रहर अधुरै रह्यो । केही नयाँ साथी बनाउने र पुराना सँग पुर्नमिलन हुने अवसर छुट्यो । माथि पनि भने समय बलमान हुदो रहेछ भनेर । आफु स्वशरिर उपस्थित हुन नसके पनि नेजाको साधरण सभा सफलताको शुभ कामना ।

 

नेजाको साधरण सभालाई यस कारण पनि शुभ कामना दिनु पर्छ कि अहिलेको साधरण सभाका जो कन्भेनर छन्, उनी एक बर्ष अगाडि सम्म नेजा बहिस्कारवादी हुन् । लसएन्जलसमा सम्पन्न नेजाको साधरण सभामा रातारात विधान परिवर्तन गर्ने सपना चकनाचुर भए पछि, नेजाका वर्तमान उपाध्यक्ष विकासराज न्यौपाने, टेक्सास क्षेत्रिय संयोजक रामचन्द्र भट्ट समुह लगभग दुई बर्ष नेजा बहिस्कार अभियानमा थिए । उनीहरुले दुई बर्ष सम्म नेजाको कार्यक्रम मात्र होइन समाचार नै ब्याकआउट गरे । सियाटलमा ‘पद’ पाउने पक्का भए पछि मात्र नेजा भित्रिएका हुन् ।

 

आफु पदमा भए सबै ठिक नभए सबै बेठिक भन्ने भ्रममा रहेका नै अहिले साधरण सभा कन्भेनर र हर्ताकर्ता छन् । संस्थामा व्यक्ति आउने जाने भइनै रहन्छ त्यो ठूलो कुरा होइन । मुख्य कुरा संस्थालाई बदनाम बनाउन हुदैन । आफु पदमा नहुदैमा त्यो संस्था बहिस्कार गर्न हुदैन । तर पदाधिकारीलाई खवरदारी भने गर्दै गर्नु पर्छ । म अहिले जे लेख्दै छु खासमा आफै बन्दशत्रमा उपस्थित भएर उठाउन पर्ने थियो त्यो हुन नसकेकोमा माफि चाहान्छु । हुन त अहिले सम्म नेजाले पठाएको आधिकारिक इमेलमा बन्दशत्र मध्यरातमा राखिएको छ ।

 

विधान अधिवेशनमा बन्दशत्रलाई महत्व दिइएको छैन । कर्मकाण्डी बनाउन खाेजिएको छ । याे नजानेर हाे या फेरी अर्को कुनै जालसाझी गर्न हाे त्याे अनुमान लगाउन हतार हुने छ । छुट्टि मनाउन गएका पत्रकारको बन्दशत्र राती दश बजे पछिको बन्दशत्र, त्यहाँको स्थिति बारेमा म अहिले कल्पना मात्र गर्न सक्छु । मध्यरातमा बन्दशत्र राख्नुको अर्थ के हुन्छ ? महासचिव किरण मरहठ्ठाले एजेन्डा खासै नभएकाले बन्दशत्रलाई रातीमा राखिएको प्रतिक्रिया दिएका छन् ।

 

नेजाको विधानले बन्दशत्रमा उपस्थितको बहुमतको निर्णयलाई बैधानिकता दिन्छ । राती बन्दशत्र राख्नुको कारण सदस्यहरु ‘वार’ वा विस्तारामा गए पछि उपस्थित पदाधिकारीले आफुखुसी निर्णय गराउने प्रपन्च नहोस । यही साधरण सभाको मिति तोक्दा टेक्सास समुहले विधान भन्दा चुनावी साधरण सभा मागेको सार्वजनीक भइसकेको छ । मध्यरातमा उपस्थित मध्येको बहुमतले कुनै अप्रिय निर्णय नगरोस ।

 

बन्दशत्रमा प्रस्तुत हुने महासचिव र कोषाध्यक्षको प्रतिवेदन अहिले सम्म साधरण सदस्यलाई प्राप्त भएको छैन । अघिल्लो कार्यसमितिले कम्तिमा एक दिन अगाडि नै इमेल मार्फत उपलब्ध गराएको थियो । त्यसले सदस्यहरुलाई अध्ययनको समय मिल्ने गर्दछ । अमेरिकामा रहेका प्राय : नेपाली संस्थाको हरहिसाव गोलमोटल हुने गरेको आरोप लागेको छ । पत्रकारहरुको संस्था पनि अछुतो छैन । आम्दानी खर्चको सही विवरण दिन कन्ज्युस्याई हुने गर्दछ ।

 

त्यसो त भर्जिनिया साधरण सभामा संसोधित नेजाको विधान र आर्थिक नियमावली अनुसार हरेक तीन तीन महिनामा आर्थिक विवरण हरेक साधरण सदस्यहरुलाई पठाउनु पर्ने हुन्छ तर अहिले सम्म यो कार्य समितिले त्यो कार्यन्वयन गरेको छैन ।

 

 

अध्यक्षको पहिलो घोषणा नै अलपत्र

 

 

साधरण सभामा प्रस्तुत हुने प्रतिवेदन, विधान अनुसार तीन तीन महिनामा आर्थिक प्रगति विवरण तोकिएको समयमा साधरण सदस्यलाई उपलब्ध गराउनु त परको कुरा अध्यक्ष सुदिप पन्तले निर्वाचन पछि आफ्नो पहिलो प्रतिवद्दतालाई पनि अहिले सम्म पुरा गराउन सकेका छैनन् ।

 

सियाटलमा अध्यक्षमा निर्वाचित भए पछि उनले आफ्नो पहिलो विजयी सम्वोधनमा अब देखि नेजालाई खुल्ला राख्ने कुनै घोषणा गरेका थिए । उनले नेजाको हरेक बैठकमा  सबै सदस्यलाई आमन्त्रण गरिने घोषणा गरेका थिए । ” हामी सबै कुरामा पारदर्शी हुन्छौ, हाम्रो  कुनै गोप्य  निर्णय हुदैन, जे हुन्छ खुला हुन्छ, हामी सबै साधरण सदस्यलाई बैठकको  बारेमा सुचना र कन्फरेशन कल नम्वर दिन्छौ, तपाईहरु जो  जस्लाई इच्छा लाग्छ बैठकमा आउन सक्नु हुन्छ । तपाईहरुको  उपस्थिति पर्वेक्षकको रुपमा हुने छ तपाईहरुले राय दिन पाउनु हुन्छ तर मतदिन पाउनु हुने छैन ।’

 

 निर्वाचन पछिको  पहिलो  सम्वोधनमा ताली खाएका  पन्तले अहिले सम्म कति वटा बैठक गराए र कुन कुन बैठकमा उनले घोषणा  गरे अनुसारको  काम गरे ? सोही समयको  भाषणकै क्रममा उनले आपतकालिन अवस्थामा पत्रकाहरुको सहयोगार्थ दश हजार डलरको राहत कोष स्थापना गर्ने घोषणा गरेका थिए । त्यो घोषणा उनले सम्झरहेका छन् कि विर्सिए ? सो कुराको प्रतिक्रिया लिन दिनभरमा चारपटकको टेलिफोन  र केही टेक्स म्यासेजको प्रयास सफल हुन सकेन ।

 

जालसाझीलाई बैधानिकता ?

 

सियाटल अधिवेशनमा भनेको पद नपाएको भए उपाध्यक्ष विकासराज र क्षेत्रिय संयोजक रामचन्द्र अहिले सम्म नेजामा नै रहन्थेकी नेजाबाट छुट्टिएको इन्जामा पुग्ने थिए भन्न गाह्रो छ । एकतीर नयाँ सस्था खोल्न तम्सेकाहरुलाई उकेसो लगाउने अर्को तर्फ सियाटलमा पदको बार्गेनिङ । अब त्यो विषय धेरै नकोट्याउ । तर सियाटल अधिवेशनमा निर्वाचन आयोगका संयोजक तारा बरालबाट भएको जालसाझीको बारेमा टेक्सास साधरण सभाले प्रवेस पाउला ? एउटै सन्चार माध्यममा कार्यरत विकासराज न्यौपानेलाई उधारोमा मनोनयन गर्न दिने सुविधा तारा बरालले कुन विधान,कानुन र निर्देशिकाबाट दिए ? निर्वाचन निर्देशिकामा उमेदवार हुन तोकिएको तस्तुर नै नतिरि बिकासराज न्यौपानेले कसरी उपाध्यक्ष विजयी भएको प्रमण-पत्र पाए ।

 

के एउटै अनलाईनमा काम गर्ने भएकाले उनलाई उमेदवारी शुल्क छुट दिइएको हो ? यो सोझै जालसझी भएन ? तोकिएको मनोनयन शुल्क नतिरेको खुलासा भए पछि त्यस तर्फ आत्मलोचना गर्न गराउन सुदिप पन्त नेतृत्वको समिति किन मौन बस्यो ? जालसझी गरेको व्यक्तिलाई पुन सल्लाहाकार पुरस्कृत गरियो ? आफुलाई ‘व्यवसायीक’ दावी गर्ने र अरुलाई नैतिकताको पाठ सिकाउने रामचन्द्र भट्टले नियम विपरितको कार्यमा किन किनराको साक्षी बसे ? उनको स्वघोषित नैतिकता कहाँ हरायो ? एउटै मिडियामा काम गर्नेले जालसाझी गर्दा पनि ठिकै हुने हो ?

 

सदस्यता छानवीनमा विकासको इन्ट्रि किन ?

 

आफु पदमा आउनु अगाडि  नेजाका बारेमा विषवमन गरेका दर्जनौ स्टाटस रामचन्द्र भट्टले  डिटिट गरेका छन् । तर  ती स्टाटस उनको वालबाट हटे पनि  इन्टरनेटमा  भेट्न सकिन्छ । मुख्यतय नेजाको नेतृत्व हत्याउनका लागि अघिल्लो कार्यसमितिका केही पदाधिकारी लागेको भन्दै उनले भ्रम सृजना गरेका थिए । कु तर्क गरेका थिए । जवकी त्यो समय सदस्यता छानविन समितिमा बसेका सबै सदस्यले अबको निर्वाचनमा प्रतिस्प्रर्धी नवन्ने सार्वजनीक नै गरेका थिए ।

 

तर अहिले विकासराज न्यौपाने सदस्यता छानवीन समितिको समितिमा कुन आधार र के का लागि बस्न पुगे ? एकतर्फ अध्यक्षको दावेदारी गर्ने अनि आफै सदस्यता छानवीन समितिमा बस्ने ?  अर्को तर्फ उपाध्यक्ष त्यही कार्यसमितिको सदस्यको संयोजकत्वमा गठित समितिको सदस्यमा बस्न पदिय मर्यादाले दिन्छ ? उपाध्यक्ष भनेको अध्यक्ष नहुदा अध्यक्षले गर्नु पर्ने काम गर्नु पर्ने हुन्छ भोली कमदकदाचित अध्यक्षको अनुपस्थितिमा कार्यसमितिको बैठक बस्नु पर्ने भएमा आफै सदस्य रहेको छानविन समितिको बारेमा कसरी निर्णय लिने ?

 

उपाध्क्षमा निर्वाचित हुदै गर्दा मनोनयन दस्तुर त नतिरि प्रमण-पत्र लिने व्यक्तिले सदस्यता छानविनमा नैतिकवान भएर काम गर्छ भनेर के आधारमा विश्वास गर्ने ? सदस्यता छानवीन समितिमा बसेको कारण अबको निर्वाचनमा कुनै पनि पदमा दावी गर्ने छैन भन्ने नैतिकता छ ? त्यो भन्दा ठूलो पदको भोक के हुन्छ ? नेजा सबै पत्रकारको हो कि एउटा अनलाईनमा काम गर्ने पत्रकारको मात्र ?  नेजामा अमेरिकामा रहेका सबै पत्रकार अठाउने कि केही व्यक्ति मात्र ? एउटा अनलाईनको कब्जामा संस्था लैजाने प्रपन्च हो भने अहिले सबैको “साझा अध्यक्ष” बन्ने सपना देखेका सुदिप पन्त यता न उताका नहोलान भन्न सकिदैन ।

 

दुखका साथ भन्नु पर्छ सन् २०१४ मा टेक्सासमा नै सम्पन्न नेजाको चुनावी साधरण सभामा असन्तुष्ट हुदै अमेरिकामा रहेका नेपाली पत्रकारको ठूलो समुहले नेजा त्याग गरेको थियो । त्यस मध्ये अझै पनि केही नेजामा फर्किएका छैनन् ।  यो साधरण सभाले नेजाभित्र रहेकालाई सन्तुष्ट पार्दै अझै बाहिर रहेकालाई पनि भित्राउने वातावरण बनासो । आफु पदमा रहे मात्र नेजा ठिक भन्ने प्रवृतिलाई निरुत्साहित गरोस । जालसाझी नहोस । साधरण सभा सफलताको शुभ कामना । विश्व प्रेस दिवसकाे शुभ कामना ।

लेखक नेजा न्युयोर्क क्षेत्रका पूर्व संयोजक हुन् ।


२० बैशाख २०७६, शुक्रबार ११:४८ मा प्रकाशित