एनआरएनए अमेरिकाको भविष्य

नेत्र प्रसाद पोखरेल बन्धु      २६ बैशाख २०७६, बिहीबार ०५:०७    

नेत्र प्रसाद पोखरेल बन्धु  ।

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका संसार कै सबैभन्दा बढी सदस्य भएको यस अर्थमा सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद हो । तर आन्तरिक खिचातानीको परिणाम स्वरुप अन्तर्राष्ट्रिय समन्वय परिषदमा यसको उपस्थिति लाई मध्य नजर गर्दा जुन रुपमा हुनु पर्ने हो सो रुपमा रहन नसकेको कुरा निर्बिबाद छ ।

आपसी बिबाद र मुद्दा मामिला यसका नियमित प्रकृया बन्न पुगेको हुनाले हामी कमजोर भयौं भन्ने कुरा हामी स्वीकार गरिरहेका छौं तर त्यसबाट माथि उठ्न भने सकेका छैनौं । संस्थाका गतिबिधि प्रति सर्ब साधारणले चासो दिएको पाइंदैन ।निर्वाचन प्रकृयालाई पनि निर्विबाद बनाउन सकिएको छैन ।यसलाई कसरी सर्बसाधारण सबैको संस्था बनाउने भन्ने नै अहिलेको पेचिलो प्रश्न हो । संस्थागत बिकासको क्रममा जहॉ पनि पदमा रहेर होस वा नरहेर मेरै प्रभावमा संस्था रहनु पर्छ भन्ने मान्यता संस्थागत बिकासको लागि सधै अबरोध बनेर खडा भएको पाइन्छ ।

जसरी नेपालमा ब्यबस्था परिबर्तन हुँदा मात्र होइन सरकार परिबर्तन हुना साथ सबै कुरा तत्काल पूरा हुने अपेक्षा पूरा हुन नसक्दा सरकारको बिरुद्धमा जनमत तयार हुन्छ त्यस्तै अबस्था यहॉ पनि देखिन्छ । हाम्रा अपेक्षा धेरै छन तर निर्वाचित भएर जाने प्रतिनिधिहरुबाट तदअनुरुप काम हुन सकेका छैनन । तर हामीले यो पनि बिर्सनु हुँदैन कि उनिहरु स्वयं सेबक हुन । जीवन गुजाराको लागि काम गर्नु पर्ने अनिबार्यता संगै समय निकालेर आफ्नै पैसा खर्च गरेर समाज सेवाको लागि खट्ने हो । गर्नु पर्ने कामहरु धेरैछन ।

अन्तर्राष्ट्रिय परिषद र राष्ट्रिय परिषद बीचको संबन्ध थप प्रगाड बनाउनु पर्ने छ भने राष्ट्रिय समन्वय परिषद र च्याप्टर बीचमा पनि थप समन्वयको खॉचो छ । स्थानीय संघ संस्थाहरुले एनआरएनलाई छाता संगठन भएर पनि सो रुपमा नभइ कति पय स्थानमा त प्रतिश्प्रधि संस्थाको रुपमा लिने परिस्थिति सिर्जना भएको तितो यथार्थ हामी बीच विद्यमान छ । विगतमा अपेक्षा अुरुप काम हुन नसके पनि धेरै महत्वपूर्ण कामहरु भएका छन । दोहोरो नागरिकताको लागि सोझै र अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत गरिएका प्रयास स्वरुप प्राप्त उपलब्धि चानचुने उपलब्धि होइन । निर्बाचन केन्द्रित सदस्यता प्रणाली लाई नियमित सदस्यता प्रणालिमा लगिनु र बैठकमा छलफल भएका, निर्णयहरु लगायत अन्य कृयाकलापहरु इमेल मार्फत हरेक सदस्य सम्म पुग्ने ब्यबस्था हुनु संस्थागत बिकास र पारदर्शिताको क्षेत्रमा गरिएका महत्वपूर्ण कार्यहरु हुन ।

अब संस्थाका आर्थिक गतिबिधिलाई पनि पूर्ण पारदर्शि बनाएर आबधिक रुपमा सदस्य सामु पुर्याउन सकियो भने संस्था प्रति विश्वॉस बढ्ने छ अनि निर्बाचन अँघि चलाइने सदस्यता अभियानलाई नियमित सदस्यता अभियान बनाउन सकियो भने संस्थाको सदस्य संख्या उलेख्य बृद्धि हुने, संस्था प्रति सर्ब साधारणको चासो बढ्ने, बढी सुझावहरु प्राप्त हुने र सकृयता बढ्न गई संस्थाले फड्को मार्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । हामी निर्वाचनको संघारमा छौं । निर्वाचित भएर आउने प्रतिनिधिहरुले आगामी दिनमा दिने समय, उनिहरुको संस्था प्रतिको लगाव, सकृयता, परिपक्वता र इमान्दारिताले आगामी बाटो तय गर्ने हो, स्तर कायम गर्ने हो र उपलब्धि देख्न सकिने हो ।

त्यसैले यो घडीमा गम्भीर भएर सोंचेर बिश्लेषण गरेर हाम्रा अपेक्षालाई आत्मसाथ गर्न सक्ने प्रतिनिधी चयन गरौं ।संस्थामा अहिले समन्वयकारी भूमिकाको खॉचो छ जसले चुलिएको बिबादलाई मथ्थर पार्न सकोस । दुइ बर्षको लागि त हो नि भनेर हल्का रुपमा नलिउँ आगामी दुइ बर्षले संस्थाको भविष्य निर्धारण गर्ने छ, आगामी बाटो तय गर्ने छ ।

(लेखक नेत्र प्रसाद पोखरेल बन्धु एनआरएनए अमेरिकाको निर्वाचनमा कोषध्यक्षको उम्मेदवार हुनुहुन्छ ।)


२६ बैशाख २०७६, बिहीबार ०५:०७ मा प्रकाशित