टीपीएसको म्याद आगामी मार्च २४ सम्म बढ्यो थप शुल्क पनि तिर्न नपर्ने

बद्रि गौतम     २८ बैशाख २०७६, शनिबार ०४:०२    

 

 

बद्रि गौतम, न्युयोर्क, मे १०

नेपालीहरुले अमेरिकामा पाउँदै आएको टीपीएस सुविधा नौ महिनको लागि अर्थात २०२० को मार्च २४ सम्म लम्बिएको छ । सो अवधिभर टीपीएस सुविधाम अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले थप शुल्कपनि तिर्नु पर्ने छैन । अमेरिकी सरकारको दैनिक जर्नल फेडरल रजिष्टरमा सूचना प्रकाशित गरी नेपाल र होण्डुरसको टीपीएस सुविधा बढेको जानकारी गराईएको छ । तर टीपीएस सुविधाबाट बाहिरिएकाहरुको सम्बन्धमा भने समस्या हुन सक्ने जनाइएको छ ।

टीपीएस सुविधा खारेज गरेकाहरुले भने अब पुनः सो सुविधा पाउन सक्ने सम्भावना देखिदैन । तर पुन फारम भरी दर्ता नगरेकाहरुले भने टीपीएस सुविधा पाउन सक्नेछन, त्यसकोलागि चित्तबुझ्दो कारण सहितको जवाफ खुलाउनु पर्नेछ । टीपीएस सुविधामै बसेका तर वर्क परमिटको निवेदन दिएकाहरुलेपनि मार्च २४ सम्म परमिट पाउने सम्भावना छ ।
नेपालमा सन २०१५ को अप्रिलमा भुकम्प गएपछि सन २०१५ जुन २४ देखि नेपालीलाई टीपीएस सुविधा दिदै आएकोे थियो । नेपालमा भुकम्पीय जोखिम भएकोले अमेरिकाले यो सूविधा दिदै आएको छ ।


२८ बैशाख २०७६, शनिबार ०४:०२ मा प्रकाशित