सानफ्रानसिस्कोमा इमिग्रेशन क्लिनिक

दूरबिन नेपाल     २८ बैशाख २०७६, शनिबार १६:५२    

अमेरिका ।

आप्रवास मामलामा कार्यरत कानुन व्यवसायीको उपस्थितिमा सानफ्रानसिस्को बे एरियामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।’ इमिग्रेशन क्लिनिक’ नाम दिइएको सो कार्र्यक्रममा बे एरियाका नेपाली मूलका कानुन व्यवसायी गोपाल शाह र यज्ञ नेपालको उपस्थितिमा हुन लागेको हो । लायन्स क्लब अफ सानलियान्द्रो मनकामनाले आयोजना गरेको यो कार्यक्रमबाट इमिग्रेशनसँग सरोकार भएका सबै विषयमा जिज्ञासुहरूको खुलदुली मिटाउन सहज होस भनेर आयोजना गरिएको क्लबका पूर्व अध्यक्ष चन्द्र धितालले बताए । सयौँ नेपालीहरू आप्रवास मामलाका विभिन्न पक्षमा जोडिएका छन् ।


२८ बैशाख २०७६, शनिबार १६:५२ मा प्रकाशित