कम्युनिस्ट तानाशाह पोल पोटको देशमा प्रधानमन्त्री केपी ओलीको एक दिन (फाेटाे फिचर)

दूरबिन नेपाल     ३१ बैशाख २०७६, मंगलवार १५:०६    

(पोल पोट कम्युनिस्ट खमेर रुज सरकारका नेता हुन् जो चार वर्ष त्यहाँको सत्तामा रहे। सन् १९७५ देखि १९७९ सम्म उनी सत्तामा रहँदा १५ देखि २० लाख कम्बोडियाली नागरिकहरु मारिएको अनुमान छ।)

 

 

 

प्रम ओलीबाट राष्ट्रिय सङ्ग्रहालय अवलोकन

नोम पेन्ह, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ ।

 

प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएको छ । यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ । यहाँ एङ्करवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ ।
यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा सङ्क्रमण देख्न सकिन्छ । यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ ।

 

यहाँ एङ्कोरबाटमा प्राप्त शिवका नवौँदेखि तेह्रौँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन् । यहाँ कपडाका ऐतिहासिक वस्तु छन् । यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस प्रमाणपत्र दिएको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत पनि हुनुहुन्थ्यो ।

 

 

प्रम ओलीबाट सिल्भर पेगोडा भ्रमण

 

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित आज सिल्भर पेगोडा भ्रमण गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ ।

सिल्भर पेगोडासम्म जाने भ¥याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको थियो । यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अभिरुचिपूर्वक अवलोकन गर्दै । तस्वीर : दीपेन्द्र अधिकारी, रासस, कम्बोडिया ।

 

प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अवलोकनका क्रममा भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै । तस्वीर : दीपेन्द्र अधिकारी, रासस, कम्बोडिया ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्बोडियास्थित राष्ट्रिय संग्रहालय भ्रमणपछि त्यहाँका प्रमुखबाट मायाको चिनो प्रदान गरिँदै । तस्वीर : दीपेन्द्र अधिकारी, रासस, कम्बोडिया ।

 

प्रधानमन्त्री केपी शर्मा ओली क्याम्बोडियाको राष्ट्रिय संग्रहालयमा संसारको सबभन्दा लामो हातले बुनेको सल करीव एक किलो मिटर लामो सल अवलोकन गर्दै । तस्वीर : दीपेन्द्र अधिकारी, रासस, क्याम्बोडिया

 

प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका राष्ट्रियसभाका अध्यक्ष समडेक अक्का मोह पोन्हिया चकेरी हेङ सामरिनबीच मंगलबार भेटघाट । तस्वीर : दीपेन्द्र अधिकारी, रासस, कम्बोडिया ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका सिनेट प्रिसिडेन्ट बिभोल सेनाबीच वार्ता । तस्वीर तस्वीर : दीपेन्द्र अधिकारी, रासस, कम्बोडिया ।

 

रासस

¬–––


३१ बैशाख २०७६, मंगलवार १५:०६ मा प्रकाशित